लागुऔषध कारोबारमा संलग्न आमा छोरा पक्राउ

प्रकाशित मिति:

सिरहा-सिरहाको सुखीपुर नगरपालिका ८ गोठचौकबाट लागुऔषध कारोबारमा संलग्न आमा छोरा परेका छन् । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आमा(छोरालाई लागुऔषध सहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका( ४ तेनुवापट्टि घर भएको ३४ वर्षीया सीतादेवी यादव र उनका छोरा १८ वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले जानकारी दिनुभयो।

पक्राउ परेका आमा(छोराले भारतीय बजारबाट लामो समयदेखी लागुऔषध ओसारपसार गर्दै आईरहेको प्रवक्ता बोहरा बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका आमा छोरा साथबाट ३९ एम्पुल फेनारगन र ३५ पिस डाइजोपाम झोलामा लुकाएर राखेको अवस्थामा भेटिएको छ ।