स्वर्गीय कमल प्रसाद पंगेनीको वार्षिकीमा लक्ष्यवर्ती बालियो

प्रकाशित मिति:

राधाकृष्ण डुम्रे – नेपाली कांग्रेसका लोकप्रीय नेता स्वर्गीय कमल प्रसाद पंगेनीको वार्षिकीमा लक्ष्यवत्र्ती प्रज्वलन गरीएको छ । नेपाली कांग्रेसका तत्कालिन जिल्ला सभापति स्वर्गीय पंगेनीको प्रथम पुण्यतिथिको अवसर पारेर पंगेनी कै निवास भीरकोट–६,उजेलीडाँडा स्याङ्जामा वार्षिकी गरिएको थियो भने वालिङ–१,त्रियासीमा लक्ष्यवत्र्ती बालिएको थियो । नेपाल तरुणदल स्याङ्जा क्षेत्र नम्वर २ को आयोजनामा लक्ष्यवत्र्ती बालिएको हो ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवं संविधानसभा सदस्य मोहन प्रसाद पाण्डेले स्याङ्जाका जनताले आफ्नो प्यारो नेता गुमाएको भन्दै उहाँको निधनले स्याङ्जा तथा समग्र देशलाई ठुलो क्षती पुगेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो पंगेनी जत्ति कै लोकप्रिय नेताको उदय हुन निक्कै समय लाग्छ । नेपाली कांग्रेस एक भएर पार्टी अगाडि वढेमा मात्रै स्वर्गीय पंगेनी प्रतिको वास्तविक श्रद्धान्जली हुने नेता पाण्डेको भनाई छ ।

कार्यक्रममा कोल्दै भीरकाट नगरपालिकाका प्रमुख छायाराम खनालले सहजै कार्यकर्ताको मनमा बस्न सक्ने स्वर्गीय पंगेनी स्याङ्जाको विकासमा निरन्तर क्रियाशिल रहने नेता भएको स्मरण गर्नु भयो । स्याङ्जाली जनताले मात्रै होईन देशले नै उहाँलाई सजिलै भुल्न नसक्ने स्पष्ट पार्नु भयो । सो अवसरमा कांग्रेसका अग्रज नेता सुर्य प्रसाद रेग्मीले पंगेनी सदैव सादा जीवनमा रमाउने गरेको आफूले पाएको अनुभव सुनाउनु भयो । त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सभापति अर्जुन प्रकाश अर्यालले आफूहरु स्वर्गीय पंगेनीका अधुरा कामलाई पुरा गर्न लागि परेको जानकारी दिनुभयो । तरुणदल क्षेत्र नम्वर २ का सभापति एवं भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव दीपक रेग्मीले गर्नु भएको थियो । लक्ष्यवत्र्ती बाल्ने कार्यक्रममा स्वर्गीय पंगेनीका छोरा छोरी सहित परिवारको पनि उपस्थिती रहेको थियो । पूर्व सांसद समेत रहनु भएका कांग्रेस जिल्लाका सभापति कमल प्रसाद पंगेनीको गत साल साउन २० गते अष्टमी तिथीको दिन निधन भएको थियो । यसैवीच स्वर्गीय पंगेनीको स्मृतिमा तयार पारिएको स्मृति ग्रन्थको पनि आगामी साउन २० गते सार्वजनिक गरिने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।