सैनामैनाको बयरकट्टीमा बृक्षारोपण

१० श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
16 Shares


ललित पाण्डेय ,रुपन्देही , १० साउन  – सैनामैनामा रहेको दुक्षराक्ष युवा क्लबले ईगुरिया नदिको किनारामा बृक्षारोपण गरेको छ । सैनामैना ७ मा रहेको बयरकट्टि चौर हुँदै बग्ने ईगुरिया नदिको किनारामा क्लबले एक कार्यक्रमको आयोजना गरि शुक्रबार बृक्षारोपण गरेको हो । भू–क्षय रोक्नको लागि स्वामीका विरुवा रोपिएको क्लबले जानकारी दिएको छ । क्लबका सल्लाहाकार चेतनारायण न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले बृक्षारोपणसँगै संरक्षणको आवश्यकतामा जोड दिएका छन ।

सल्लाहाकार न्यौपानेले भू– संरक्षणको लागि बृक्षारोपण आवश्यकता रहेको बताउँदै संरक्षणमा जोड दिनु पर्ने बताउँनुभयो । वडा नं ६ का वडा अध्यक्ष बसन्त पाण्डेयले हप्तामा एक पटक विरुवाको संरक्षणको लागि समय दिनु पर्ने बताउँनु भएको छ । विरुवाको संरक्षणको लागि टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहेको उँहाले बताउँदै सार्वजनिक जग्गा संरक्षणको लागि बृक्षारोपणको आवश्यकता रहेको बताउँनु भयो । क्लबका अध्यक्ष विष्णु पाण्डेयले क्लबले सामाजिक कामलाई निरन्तरता दिने बताउँनुभयो । कार्यक्रम पदम पाण्डेयको स्वागत तथा मदन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया