आधुनिक खोरमा जलेर २० बाख्रा मरे

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल/स्याङ्जा – बिरुवा गाउँपालिका ६ चिन्नेवासमा आगलागी हुदाँ २० वटा बाख्रा मरेका छन् । रामबहादुर थापा मगरको आधुनिक बाख्रा खोरमा लागेको लागलागीका कारण खोरमा रहेका बाख्राहरु जलेर मरेका हुन ।

आगलागीबाट करिब ३ लाख ८२ हजार बरावरको क्षति भएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । स्थानीय, प्रहरी र क्लवको साहयतामा आगो नियन्त्रणमा लिइएको थियो । आगालागीको कारण भने खुलेको छैन । यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।