समाचार प्रभाव जोखिम न्युनिकरण गर्न क्रसरको धुलो

प्रकाशित मिति:

नारायण वली केही दिन अगाडि परेको लगातार पानीका कारण पुर्वपश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको बुटवल स्थित राजमार्ग चौराह देखि पुष्पलाल पार्क सम्मको सडक अत्यन्तै जीर्ण वन्न पुगेको थियो । जसका कारण सडकमा ठुला–ठुला खाडल भएपछि सवारी आवागमनमा निकै समस्या भएको थियो । दिवा सेवामा नै सवारी साधनहरुलाई चौराह र पुष्पलाल पार्कको घुम्तीमा नै भयावय खाडल वन्न पुगेपछि उच्च दुर्घटनाको सम्भावना पनि वढाएको थियो ।

यसै सन्दर्भमा ठुला सवारी साधनलाई मात्रै नभई साना तथा पैदल यात्रीहरुलाई समेत आवात जावतमा कठिनाई भएपछि सवल पोष्ट अनलाईनले यही साउन ८ गते सो सडक सम्विन्ध समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनको भोली पल्ट सडक विभाग बुटवलले खाल्डा पुर्ण प्रयास गरेको भएपनि तर मसिनो क्रसरको धुलो हालेकाले समस्या समाधान नभई जसले गर्दा चिप्लो भएकाले दुर्घटनाको जोखिम वढेको छ ।

 

पैदलयात्रीको सुझाव
राजमार्ग चौराह नजिकै वाट हिँडिरहेका एक पैदल यात्रीले शुरेस गोतामे नाम वताउने व्यक्तिले सडक विभागले गर्न चाहेको कार्यको स्वागत गर्दै तर थोरै क्रसरको धुलो हालेर गिट्टी हालेको भए सडकका खाल्डा खुल्डी पुरिने भन्दै पुन। पानी परेमा सडकको अवस्था थप दयनिय वन्ने वताए ।

केहि दिन अघि सबलपोस्ट ले तयार पारेको समाचार सामाग्री हेर्नुहोस

http://45.32.111.123/archives/47851