नविनमा नव आगन्तुक विद्यार्थीहरुलाई अभिमुखी कार्यक्रम सम्पन्न

१० श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
48 Shares


बुटवल –बुटवल साउन १० नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। देवीनगरमा नव आगन्तुक विद्यार्थीहरुलाई एक समारोह वीच अभिमुखी कार्यक्रम शुक्रबार गरिएको छ।कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय थान कुमारी थापाले विद्यार्थीहरुले राम्रो संग उच्च शिक्षा हासिल गरेर विदेश पलायन नभई देश विकासमा लाग्न आग्रह गर्नु भयो ।शिक्षक अभिभावक संघका अध्यक्ष मदन विष्टले विद्यालयले गुणस्तरीय शिक्षादिनको लागिश्रम बजारबाट योग्य जनशक्ति ब्यवस्थापन गरेको हुदा उक्त अवशरलाई सदुपयोग गरेर अगाडी बढन विद्यार्थीहरुलाई सुझावदिनु भयो ।

विद्यालयका प्रद्यानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयमा यसै शैक्षिक सत्रबाट विज्ञान संकाय संचालन गरिएको बुटवल उपमहानगरपालिका र विद्यालयको लगानीमा आधुनिक स्तरीय विज्ञान प्रयोगशाला निमार्ण र प्रदेश सरकारको सहयोगमा सिभिल इन्जिनिरिङ अत्याधुनिक प्रयोगशालाका सामग्री खरिद, आइसिटी मार्पत आध्यापन गर्न कम्प्युटर तथा ल्यापटप ब्यव्स्थापन गरिएको र कक्षा ११मा विज्ञान संकायमा २ वटा, व्यवस्थापनमा ४ वटा र सिभिल इन्जिनियरिङमा १ वटा सेक्सन संचालन गरिएको हाल विद्यालयमा करिव २००० विद्यार्थीहरु अध्ययनरत रहेका छन ।उक्त अवशरमा विद्यार्थीहरुलाई उत्प्रेरक दीपक ढकालले उन्नति, योजना र उत्प्रेरणात्मक अभिमुखिकरण दिनुभएको थियो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको सभापतित्वमा शिक्षक अधिवक्ता लोक प्रसाद खरेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा अंग्रेजी शिक्षक दीपक ज्ञवाली नव आगन्तुक विद्यार्थीहरु आयुषा ज्ञवाली, रोहन नेपाल, मधुसुधन नेपाल, आयुषा खनाल, आर्दश शुवेदी, उज्वल घिमिरे, श्रृष्टी बि।क। लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा व्यस्थापन संकाय इन्चार्ज अर्जुन खनाल, सिभिल इन्जिनियरिङ इन्चार्ज भिमराज खनाल र विज्ञान संकाय इन्चार्ज लक्ष्मी नारायण चौधरीले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रमको बारे विद्यालयको कम्पुटर शिक्षक राकेश अग्रहरीले दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या