पशुपति, नवीन, दीप, प्रभात र होराइजन जीबीएस विजयी

प्रकाशित मिति:

बुटवल-जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालित क्वीक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार पांच खेल सम्पन्न भएका छन् । पांच खेलमा पशुपति मावि,नवीन औद्योगिक कदरबहादुर रीता मावि,दीप बोर्डिङ,प्रभात बोर्डिङ र होराइजन जीबीएस मावि विजयी भएका छन् । पशुपतिले शान्ति नमूना माविलाई ३–२ गोलले पराजित गरेको हो । पशुपतिको जितका लागि प्रवेश गुरुङले ११,राज चौधरीले २१ र इन्दिप बलालले ४४ मिनेटमा गोल गरेका थिए ।

शान्ति नमूनाका सुनिल रानाले ३७ औं र मिलन खनालले ६० औं मिनेटमा गोल गरेका थिए । यस्तै नवीनले शिवपुर माविलाई २–० गोलले हराएको छ । नवीनका सुसन थापाले ५औं र रुपेश ठाकुरले १८ औं मिनेटमा गोल गरेका थिए । यस्तै दीप बोर्डिङले नमस्ते एकेडेमीलाई ३–१ गोलले हराएको छ । दीपका सन्देश गाहाले १७ र २५ अऔं मिनेटमा र ओवन बुढाले २१ औं मिनेटमा गोल गरेका थिए । नमस्तेका तर्फबाट प्रिन्स थापाले ३०औं मिनेटमा गोल फर्काएका थिए । यसैगरी देवदह बोर्डिङविरुद्धको खेलमा प्रभात बोर्डिङ ६–० ले विजयी भयो । प्रभातका विशाल रानाले २ र ३८औं मिनेटमा,सिमान्त कार्कीले २७ मिनेटमा, विवेक केसीले ४५ र ५७ औं मिनेटमा तथा अदीप मकवानले ६१ औं मिनेटमा गोल गरेका थिए । शुक्रबारको अन्तिम खेलमा होराइजन जीबीएसका अभय थापाको एक गोलले ग्लोरी बोर्डिङलाई १–० गोल अन्तरमा पराजित गरेको छ ।