‘जाइरा’को आइटम गीत रिलिज

प्रकाशित मिति:

भदौ ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘जाइरा’ को आइटम गीत सार्वजनिक गरिएको छ । शुक्रबार यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर सुन्न सकिन्छ भने वरिष्ठ गीतकार किरण खरेलका शब्द छन् । यस्तै गीतमा शिव शंकरको संगीत रहेको छ । ।यो गीत पुरानो फिल्म ‘मनको बाँध’मा समावेश गीतको रिमेक हो । ओर्जिनल गीतमा मीरा राणाको स्वर सुन्न सकिन्छ ।

शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलीज भएको फिल्म हो । रिमेक भर्सनमा तनुजा गुरुङ्गले दमदार नृत्य गरेकी छन् ।नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएको फिल्म ‘जाइरा’ आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।फिल्ममा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले समेत मुख्य भूमिका रहेको छ ।