गुल्मी घटनाका पिडितहरुको लागि राहत संकलन

प्रकाशित मिति:

गुल्मी-गुल्मीको सत्यवती गाउापालिका वार्ड नं।३ ठुलो लुम्पेक र वार्ड नं।४ को लिंघामा गत साउन ६ गते देखि आएको अबिरल बर्षाका कारण गएको पहिरोमा परि १३ जनाको ज्यान गएको र ठुलो लुम्पेकको सिंदी,बझाडी,ग्याझा,कसिन्थला,काहुले गस्कोट, झर्लेतुङ,खास्टुङ र लिम्घाको काफलडाडा लगायत स्थानमा बाढी पहिरोका कारण सयौ घरपरिवार बिस्थापित भएकाछन।

ती बिस्थापित पिडितहरुलाई श्री धर्मपुर मा।वि। ३०० जना,श्री धर्मपुर प्रा।वि। १०० जना, श्री नेरा गगनपुर नि। मा। वि। ४३ जना, श्री नव विहानी गोरडाँडा १०७जना,गस्कोटमा २५० जना, चेहेमीमा ३ जना,लिम्घामा ३०० जना,काफलडाँडामा ८५ जना,कुटडाँडा ४०० जना,अश्लेवामा राम मा।वि।७० जना गरि १६५५ जनालाई अस्थाई आवास ब्यबस्थापन गरि उद्दार गरिएको लुम्पेक सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जित बहादुर तरामुले जानकारी दिएका छन।पहिरोमा परी बिस्थापित घर परिवारहरु मध्ये लुम्पेकमा १२७० जना र लिम्घामा ३८५ जना बिस्थापित भएका छन। यसै सन्दर्भमा रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको प्रगति मगर युवा क्लवले शुरु गरेको मानबिय कार्यमा कञ्चन आमा समूह,नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखा र लायन्स क्लब अफ कञ्चन हरैयाले पनि हातेमालो गरि राहत संकलन गरेकोछ।

प्रगती मगर युवा क्लब,कञ्चन(४,कञ्चन आमा समूह,नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखा र लायन्स क्लब अफ कञ्चन हरैयाको को अगुवाइमा शुरु गरिएको राहत संकलनमा दानापुरमा २२ क्विन्टल चामल र रुद्रपुरमा १५ क्विन्टल चामल र ८४ हजार आर्थिक रकम संकलन भएकोछ। राहत संकलन हुने कार्य जारी छ ।यो मानबिय कार्यमा धर्म,जात,पार्टी,क्षेत्र र भुगोल भनेर होइन सबै नेपाली भएर सहयोग गर्नु जरुरी छ।यसैक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पनि राहत संकलन भएको स्थानिय ब्रिजेश गुप्ताले बताउनु भएको छ।हामीले उक्त संकलित राहतलाई कञ्चनको तर्फवाट एकद्वार प्रणालीको आधारमा राहत संकलनमा सहभागी संस्थाहरुका प्रतिनिधीहरु घटना स्थलमा गई स्थानिय जनप्रतिनिधी मार्फत हस्तान्तरण गर्ने कञ्चन गाउपालिकाका पुर्ब जनप्रतिनिधी गिर बहादुर थापाले बताउनु भएकोछ।