ट्युनिसियाको राष्ट्रपति बेजी एस्सेव्सीको निधन

प्रकाशित मिति:

टयुनिस, एजेन्सी । ट्युनिसियाको पहिलो स्वतन्त्र तथा प्रजातानित्रक ढंगले निर्वाचित राष्ट्रपति बेजी एस्सेव्सीको विहिवार ९२ वर्षको उमेरमा निधन भएको सरकारी सुत्रले जनाएको छ । उनी विश्वकै सबैभन्दा लामो समय सम्म कार्यकालमा रहने राष्ट्रपति बनेका थिए ।

उनलाई नाम नखुलेको रोगको उपचारका लाग बुधवार अस्पतालमा भर्ना गरिएको थियो । अरव वसन्त क्रान्तिपछि सन् २०१४ मा आयोजित ट्युनिसियाको पहिलो स्वतन्त्र निर्वाचनमा उनले विजय हासिल गरेका थिए । गत महिना पनि अस्पतालमा भर्ना गरिएका उनकोबारे अफवाह नफैलाउन प्रधानमन्त्री युस्सेफ चाहेदले जनता समक्ष आग्रहर गरेका थिए ।