सिरियलकी संस्कारी त्रिधा सामाजिक सञ्जाल भाइरल

प्रकाशित मिति:

एजेन्सी– भारतीय एक टेलिभिजनमा प्रसारण हुने सिरियल ‘दहलीज’की मुख्य अभिनेत्री त्रिधा चौधरी पछिल्लो समय निकै चर्चामा छिन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका तस्वीरले उनी चर्चा बटुल्न सफल भएकी हुन् ।  उनका हट अवतारका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कतिले सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले भने गालीगलौज समेत गरेका छन् । त्यस्ता गाली गलौजको कुनै प्रवाह नै नगरी अभिनेत्री चौधरीले सामाजिक सञ्जालमा सनसनी मच्चाएकी छिन् ।

सिरियलमा सिधा र संस्कारी देखिने त्रिधाले एक्कासी निकै बोल्ड फोटोसुट गराएकी छिन् । उनको हट र बोल्ड लुक देखेर धेरै दंग परेका छन् । त्रिधाले इन्स्टाग्राममा थुप्रै बिकिनी फोटोहरु अपलोड गरेकी छिन् ।  त्रिधाले सिरियलमा आफ्नो सुन्दरता र दमदार अभिनयले दर्शकको मन जितेकी थिइन् । अब उनी बोल्ड लुकका कारण चर्चामा छिन् । त्रिधाले २०१६ को टिभी सिरियल दहलीजमा हर्षद अरोराको अपोजिट रोलबाट टिभीमा डेब्यू गरेकी थिइन् । वेब सिरिज स्पटलाइटमा पनि त्रिधाले आफूभन्दा २३ वर्ष जेठा अभिनेता आरिफ जकारियासँग किसिङ सिन दिएकी थिइन् जो निकै भाइरल भएको थियो । अहिले बोल्ड फोटो पोस्ट गरेर चर्चा बटुलेकी त्रिधालाई बिकिनी बेब पनि भन्न थालिएको छ ।