दरबाङ–म्याग्दीखोला जलविद्युतमा लगानी गर्न कतारमा सम्मेलन हुदै , तयारी पूरा ।

प्रकाशित मिति:

२५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा लगानी जुटाउन कतारमा सम्मेलन हुने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मोना कतारका संरक्षक विक्रम कार्कीले बताउनु भएको छ ।गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा मोना कतार सहित गण्डकी प्रदेशका सम्पुर्ण र्सघसंस्थाको आयोजनामा शुक्रबार दिउँसो कार्यक्रम तय गरिएको छ ।  लगानीको वातावरण बनाउन विगतमा मोना कतारले निरन्तर पहल समेत गरेको थियो । यूके, बेल्जियममा लागनीको प्रतिबद्धतासँगै जलविद्युत अध्यक्ष विनोद कुँवर, प्रवन्ध निर्देशक हर्कमान मगर, सञ्चालक ज्ञानेन्द्र थापाको टोली कतार पुगेको छ ।

धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले कुल ५ अर्व १४ करोड लागतमा दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । जलविद्युत आयोजनामा संस्थागत पुंजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिनेछ । आयोजनाको टनेलको प्रवेशद्धार, पहुँचमार्ग, कर्मचारी आवास सहितको काम भइरहेको छ । विभिन्न बैक तथा वित्तिय संस्थाले ३ अर्व ५० करोड ऋण लगानी गरेका छन् । आयोजनामा पानीको वहाब ३१।४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर हुने छ ।

रन अफ द रिभर शैलीको आयोजना दरबाङ देखि दुई किलोमिटर माथी म्याग्दी खोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाईपबाट मालिका र मंगला गाउँपालिकाको सिमानमा अवस्थित बलौटेमा रहने पावर हाउसमा झारी विद्युत उत्पादन गरिने छ । विद्युत खरिद सम्झौता ९पिपिए० मा प्राधिकरणले प्रर्वधकसंग बर्षातको ८ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति युनिट ८ रुपैयाँ ४० पैसा रहने उल्लेख गरिएको छ ।आयोजनाबाट उत्पादित विद्युत १४ किलोमिटर लामो १ सय ३२ के।भि ट्रान्समिटर लाईन हुँदै डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।

स्रोत – बेनि अनलाइन