सरकार अधिनायकवादको बाटोमा हिडेको छ : केन्द्रीय सदस्य प्रदीप पौडेल

प्रकाशित मिति:

नवलपुर- नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले केपी ओलि सरकार अधिनायकवादको बाटोमा हिडेको आरोप लगाएका छ्न। उनले नेपाल विधार्थी संघ पालिका समन्वय समित्ति गैडाकोट नगरपालिका द्वारा आयोजित जिल्ला भरीका माध्यमिक शिक्षा परीक्षा ( SEE)मा उतिर्ण विधार्थीहरुलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै सरकार विभिन्न विधेयक मार्फत संविधानले दिएको स्वतन्त्रता को हक खोस्ने बाटोमा अगाडी बढेको बताए।

कार्यक्रममा बोल्दै नेता पौडेलले नेविसंघ ले जिल्ला भरी नै सुरु गरेको यो रचनात्मक कार्यको प्रशंसा गर्दै यो अभियानले काङ्ग्रेस र सिङ्गो लोकतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताएका छ्न । नेविसंघ गैडाकोट नगरपालिका समन्वय समितीका सभापति रमेश कोइरालाको सभापतित्व एवं नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य तथा प्रदीप पौडेल को प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नगरपालिका भित्रका करिब ५०० SEE उतिर्ण विधार्थीलाई नेविसंघले सम्मान गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस गैंडाकोट नगर सभापति तारापती खरेल, नेविसंघ नवलपुरका सभापति राजेश पौडेल, नेविसंघ पुर्व केन्द्रिय सदस्यहरु गोकुल सापकोटा, गणेश सापकोटा , काङ्ग्रेस नेत्री विष्णु पाण्डे, काङ्ग्रेस नवलपुरका कोषाध्यक्ष ओम सापकोटा , गैंडाकोट नगरपालिका कि उपप्रमुख विष्णु कंडेल लगाएतका नेताहरूले विधार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।