इन्टयाक्टरहरुको नेतृत्व विकास सेमिनार

प्रकाशित मिति:

बुटवल । रोटरी क्लब अफ बुटवल अन्तर्गतका इन्टयाक्टरहरुलाई लक्षित गरी शुक्रवार नेतृत्व विकास सेमिनार सम्पन्न भएको छ । दिप वोर्डिङको हलमा भएको उक्त सेमिनारको उद्घाटन गर्दे रोटरी डिष्ट्क्टि ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले आजका इन्टयाक्टरहरु भोलीको रोटयाक्टर र रोटरीयन हुने भएकाले नेतृत्व विकास अपरिहार्य भएकोमा जोड दिनुभयो । त्यसैगरी पिजिडी संञ्जय गिरी, जिडिएन सन्तोष रिमाल एजी एजाज आलम लगायतले रोटरीको अभियान विशुद्ध समाजसेवा भएकाले समाजसेवामा रमाउन सक्ने मात्रै इन्टरयाक्टर रोट्याक्टर हुदै रोटरीयन सम्म वन्न सक्ने बताउनु भयो ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षता सचिव रोमनाथ शर्माको संचालनमा भएको सेमिनारमा करिव २ सय जना इन्टयाक्टरहरुको सहभागीता रहेको थियो । रोटरीयन राजेन्द्र लम्साल, मधुप्रसाद अर्याल, कृष्ण पराजुली, जिवकान्त काफ्ले, रोम शमार्, गोपालप्रसाद अधिकारीले सहजीकरण गर्नु भएको थियो । रोटरी क्लब अफ बुटवल अन्तर्गत ६ वटा इन्टरयाक्ट क्लब छन ।