वरिष्ठ पत्रकार पाण्डेयलाई पितृ शोक

प्रकाशित मिति:

ललित पाण्डेय  सैनामैना ,११ साउन  – रुपन्देहीका वरिष्ठ पत्रकार छवि पाण्डेयलाई पितृ शोक परेको छ । पत्रकार पाण्डेयका बुवा दिननाथ पाण्डेयको शनिबार दिउँसो ३ बजे आफ्नै निवास रुपन्देहीको सैनामैना ४ लेडुवामा निधन भएको हो ।  पाण्डेयको ८३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । स्वर्गिय पाण्डेयको आज नै देवघाटमा अन्तिम दाहासंस्कार गरिने तयारी गरिएको छ । नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भूषाल , पुर्व सभापति विक्रम खड्का , वरिष्ठ पत्रकार विष्ण्ुा प्रसाद भुषाल , खिमानन्द भट्टराई, डायलशन अधिकारी , यमलाल भुषाल, दामोदर खनाल, रामराज पोखरेल लगायतका पत्रकार घरमै पुगेर स्वर्गिय पाण्डेय प्रति श्रद्धान्जली ब्यक्त गर्नु भएको थियो । स्वर्गिय दिननाथका एक सन्तान पत्रकार छवि पाण्डेय हुन । पत्रकार पाण्डेय विगत २५ वर्षदेखि निरन्तरत रुपन्ेदही जिल्लामा रहेर पत्रकारिता गर्दै आउँनु भएको छ । उँहा अहिले गोरखापत्रमा कार्यरत हुनुहुन्छ ।