पहाडीको “दौतरी ” मुक्तिनाथमा बिमोचन

प्रकाशित मिति:

बुटवल –गायक तथा सञ्चारकर्मि अनिल पहाडीले दौंतरी एल्वम सार्वजनिक गरेका छन् । मुक्तिनाथ धाम बुटवलका प्रमुख संरक्षक स्वामी लोकानन्दले शनिबार धाममै उक्त म्यूजिक भिडियो सार्वजनिक गरे ।कार्यक्रममा पिठाधिस स्वामी लोकानन्दले सनातन धर्मले जातभातको विभेद नगर्ने बताए । उनले प्रेम नभएको ठाउमा कुनै पनि विभेद नहुने बताउदै त्यसलाई संगित मार्फत व्यक्त गरेको बताए ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले मुक्तिनाथधाममा विमोचन गरेर जातिय समानताको सन्देश दिने काम गरेको बताए । म्यूजिक भिडियोको समक्षा गर्दै ऋषि न्यौपानेले भिडियोले मनोरञ्जनसंगै अन्तरजातिय प्रेमले समाजलाई सकरात्मक सन्देश दिएको बताए ।कार्यक्रममा अटो व्यवसायी विश्वराज गैरे, नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव रामप्रसाद आचार्य, स्वतन्त्र पत्रकार संघ प्रदेश ५ का उपाध्यक्ष ईश्वर पौडेल,लोक दोहरी गित प्रतिष्ठान रूपन्देहीका सहकोषाध्यक्ष रेशम खनाल , ले बोल्दै गितको सफलताको कामना गरे ।कार्यक्रममा मोडल प्रमिला कार्किले समाजमा दलित र गैरदलितका विच रहेको भेदभावलाई अन्त्य गर्ने सन्देश दिने म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाएको बताईन ।

दौतरीमा गायक अनिल पहाडि र गायिका मेलिना राईको स्वर रहेको छ । गायक पहाडिको अध्यक्षता, लोकदोहरी गित प्रतिष्ठान रूपन्देहीका प्रवत्ता दीपक दर्लामीको स्वागत,गायक तथा सञ्चारकर्मि दिपु मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।