सिरियामा १० दिनमा १०० भन्दा बढी गैरसैनिक मारिए

प्रकाशित मिति:

एजेन्सी –राष्ट्र संघले सिरियामा पछिल्लो १० दिनमा भएका हवाइ आक्रमणहरुमा १०० भन्दा बढी गैरसैनिक व्यक्ति मारिएको जनाएको छ ।उत्तर पश्चिम सिरियाको अस्पताल, स्कुल, बजार तथा बेकरीहरुलाई लक्षित गर्दै ती आक्रमणहरु भएको बताइएको छ । यी आक्रमणहरुमा मारिनेहरुमध्ये २६ जना बालबालिका मात्रै रहेको बताइएको छ ।

राष्ट्र संघीय मानवअधिकार प्रमुख मिचेल बेचेलेटले विद्रोही नियन्त्रित क्षेत्रमा सरकार तथा उनका सहयोगीहरुले आक्रमण गरेको बताइन् । उनले इब्लिदमा भएको घटनाहरु अन्तर्राष्ट्रिय राडरमा पर्न नसेको र राष्ट्र संघीय सुरक्षा परिषद त्यसलाई रोक्न नसकेको बताइन् ।गैरसैनिक व्यक्तिहरुलाई लक्षित गर्दै गरिएका यस्तो आक्रमणहरुलाई दुर्घटनावश भएका घटनाहरुको रुपमा मात्रै लिन नसकिने मिचेलको भनाइ छ । उनले आक्रमणकारीहरुलाई युद्ध अपराध अभियोग लाग्न सक्ने बताइन् । साथै यो आक्रमणको आदेश दिने र त्यसको कार्यान्वयन गर्ने दुवै सो अपराधका लागि जिम्मेवार हुने समेत उनले बताएकी छन् ।