कपिलबस्तुमा कृषकलाई विभिन्न प्रजातिका फलफुलका विरुवा वितरण

प्रकाशित मिति:

कपिलबस्तु –एसोसिएसन अफ एग्रिकल्चर नेपाल कपिलबस्तुले शनिबार एक कार्यक्रमका विच कृषकहरुलाई विभिन्न प्रजातिका फलफुलका विरुवा वितरण गरेको छ ।कपिलबस्तुका करिब १२ सय कृषकलाई दशहरी आंप, सुन कागती लगाएतका विरुवा वितरण गरेको हो ।वितरण कार्यक्रममा बाणगंगा नगरपालिका कृषि विकास शाखाका प्रमुख लेम बहादुर के.सीले कृषकहरुलाई आँपको विरुवा दिई कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै उहांले कृषकहरुको समस्या समाधानका लागि आफु हरदम तमतयार रहेको बताउर्दै कृषकहरुलाई कार्यालयमै आई प्राविधिक सेवा लिन आग्रह समेत गर्नु भयो ।
साथै उहाँले वातावरणको संरक्षणमा पनि कृषकको महत्वपुर्ण भुमिका रहेको बताउदै कृषि जन्य उत्पादकत्व बृद्धि गर्न सावधानी पुर्वक विषादीको प्रयोग गर्न सुझाव समेत दिनुभयो । यस्तै कार्यक्रममा शाखाका कृषि अधिकृत धनिराम आर्चाय तथा प्रशिक्षक झगरु थारुले वितरण गरिएका कलमी फलफुलका विरुवा लगाउने तरिकाको बारेमा कृषकलाई जानकारी समेत गराउनु भएको थियो