थारु पत्रकार संघ नेपाल कपिलबस्तु शाखाको अधिवेशन हुने

प्रकाशित मिति:

कपिलबस्तु –थारु पत्रकार संघ नेपाल कपिलबस्तु शाखाको अधिवशेन हुने भएको छ । थारु पत्रकार संघ नेपाल जिल्ला कपिलबस्तु शाखाका अध्यक्ष श्याम सि.टीको अध्यक्षता तथा थारु पत्रकार सघं नेपालका केन्द्रिय सदस्य कमल चौधरीको विशेष उपस्थितीमा कपिलबस्तुको गजेहडमा शनिबार बसेको बैठकले साउन २५ गते शनिबार अधिवेशन गर्ने निर्णय गरेको हो ।

थारु समुदायको हक अधिकार सुनिश्चित गर्न अब पत्रकारहरु क्रियाशिल भएर लाग्नुपर्ने उक्त बैठकमा बोल्ने बक्ताहरुले जोड दिए । साथै थारु समुदायको भाषा, धर्म र सांस्कृति संरक्षण र प्रवद्र्धन गर्न थारु समुदाय एकजुट भएर लाग्नुपर्ने बताए ।त्यस्तै अधिवेशनलाई सभ्य र भव्य बनाउनको लागि कार्यसमिति पदधिकारीहरुलाई जिम्मेवारी बांडफाड गरेको कपिलबस्तु जिल्ला शाखाका सह–सचिव द्वरिका प्रसाद चौधरीले जनकारी दिए । बैठक कार्यक्रम जिल्ला सदस्य राम अवतार थारुको स्वागत तथा सचिव सरिता थारुको संचालमा सम्पन्न भएको थियो |