शैक्षिक माफियाका संस्था भन्दै आधा दर्जन स्कुलमा कालो ब्यानर

प्रकाशित मिति:

बुटवल संवाददाता अखिल(क्रान्तिकारी) रुपन्देही,नवलपुर,अर्घाखाँची र पाल्पामा एकसाथ शैक्षिक माफिया द्वारा संचालित कलेज एबम स्कुलहरुमा चेतावनी स्वरुप सामाजिक बहिस्कार गरौ भन्ने ब्यानर टासेर कार्बाही गरेको बताएको छ । सामाजिक बहिष्कार गरौँ भन्ने ब्यानर सहित सगरमाथा अग्रेजि बोर्डिङ स्कुल खैरेनी देवदह,सन्जिबनी नर्सिङ कलेज, नमस्ते एकेडेमी तिलोत्तमा ,न्यु एकेडेमी इ.बो. सैनामैना, सिद्धार्थ मेडिकल कलेज,मुकन्दसेन इ. बो. स्कुल गैडाकोट नवलपुर,अक्सफोर्ड इन्जिनियरिङ कलेज गैडाकोट नवलपुर, सेन्ट जोसफ इ.बो. स्कुल देबचुली ११ कउरेलि अर्घाखाँची माध्यमिक बो. स्कुल सन्धिखर्क मा कालो ब्यानर टागेर कारबाही गरेको हो । सामाजिक बहिष्कार गर्नुपर्ने कारण सहित संगठनले ब्यानर टासिंएको अखिल (क्रान्तिकारी)का ब्युरो संयोजक विरेन्द्र विकले बताए ।