मिर्गौला पिडितलाई आर्थिक सहयोग

प्रकाशित मिति:

मन गुरुङ्ग, भीरकोट –दुवै मिर्गौला फेल भै विगतदुइबर्ष देखि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारत लीलबहादुर गुरुङ्गलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्याङ्गजाको भीरकोट नगरपालिका वाड नम्बर ९ पन्चासेका ३३ बर्षीय लिलबहादुर गुरुङ्गलाई नगत ७० हजार प्रदान गरिएको हो ।

पतलादेवीयुवा क्लब भीरकोट ८ पखेरेका युवा क्लबको संयोजकत्वमा आयोजना गरिएको मिर्गौला पिडित लिलबहादुर गुरुङ्ग बचाउ अभियानमा नमुना युवाक्लब रिप र नवप्रभात युवाक्लब चिलाउनेखर्कले सहयोग गरेको हो ।दुइबर्ष देखि प्रत्येक महिना डाइलसिस गर्दा अहिले सम्म सोह्र लाखभन्दा बढी रकमखर्च भै सकेको उनकी श्रीमती अनु गुरुङ्गले बताइन । ’ यसरी डाइलसिस गरि रहँदा भोलि मेरो श्रीमानबाँच्ने वा नबाँच्ने निश्छित छैन, अझै कति पैसा खर्च हुने त्यो पनिथाहा छैन त्यसैले मिर्गौला प्रत्यारोपण गर्न चाहान्छु’ उनले भनिन्।

पखेरे, चिलाउनेखर्क र रिपमा आयोजना गरिएको बचाउ अभियान बाट संकलितकुल रकम७० हजार रुपैयाँ शनिवार लिलबहादुर निवासमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तण गरिएको हो।
यो रकम तिनगाउँ बाट मात्रै संकलनगरिएको हो। कार्यक्रममा बोल्दै नवप्रभात युवाक्लबका पूर्व अध्यक्ष प्रसुन मगरले मिर्गौला प्रत्यारोपणका लागि तिनै वटा क्लब सदैब तात्पर्य रहेको बताउदै आर्थिक संकलनका लागि देश विदेशमाआव्ह्वान गर्ने तथा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मिर्गौला पिडत लिल वहादुर गुरुङ्को रोग निको पार्र्नेे बताउनु भयो ।