वी पी अध्ययन प्रतिष्ठानमा नयाँ समितिको पदस्थापन

प्रकाशित मिति:

बुटवल-  यही साउन ४ गते सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अबिधेशनबाट निर्वाचित वी पी कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्ँन भएको छ ।  प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत अधिवक्ता महेन्द्र पाण्डेले नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

सा् अवसरमा बोल्दै निर्वाचन अधिकृत पाण्डेले वी पी का आदर्श र सिद्धान्तहरु मानिसका जीवन पद्धतिसंग जोडिएको र वर्तमान राजनीति पनि वी पी ले प्रति। पादन गरेको सिद्धान्त अनुरुप चलेकाले वी पी संग जोडिएका संघ संस्थाले विचार र वहसका कार्यक्रममा जोड दिनुपर्ने वताउनु भयो ।  प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले प्रतिष्ठानको आफ्नै स्पष्ट उद्देश्य र मार्गचित्र रहेकाले सोहि अनुरुपका कार्यक्रम संचालन गर्ने गरी संस्था अगाडी बढेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप शसक्त र प्रभावकारी बनाईने बताउनु भयो ।  सो अवसरमा प्रतिष्ठानका उपाध्यक्षहरु हरिप्रसाद पन्त, लक्ष्मण आचार्य क्षेत्री, काँगैस नेता राप्रसाद खनाल, नव निर्वाचित सदस्य बिनोद ज्ञवालीलगायतले बोल्दै वी पी अध्ययन प्रतिष्ठान साझा संस्था भएकाले सबैका भावना र विचारलाई समेटेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानको तेस्रो अबिधेशनवाट युवराज गिरी अध्यक्ष, बिमलराज भट्टराई उपाध्यक्ष, खिमानन्द भट्टराई सचिव, कृष्णप्रसाद ज्ञवाली कोषध्यक्ष, दिनानाथ गिरी सहसचिव तथा बिनोद ज्ञवाली, डोलप्रसाद अर्याल, शसिधर घिमिरे, सीता कार्की र राधा ज्ञवाली सदस्यरहेको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । यस्तै लेखा समिति संयोजकमा सुन्दर कुमार गहतराज चयन हुनुभएको छ ।  यस्तै नव निर्वाचित कार्यसमितिको शनिवार नै बसेको पहिलो बैठकले आगामी भदौ २४ गते पर्ने वी पी जयन्तीमा विशेष कार्यक्रम गर्ने र साधारण सभा तथा अबिधेशन सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सवैप्रति आभार सहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।