नेपाल रेडक्रस सोसाईटी मणिग्राम उपशाखा द्धरा वृक्षारोपण

प्रकाशित मिति:

नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाले गौतम बुद्ध मा। बि। तिलोत्तमा वडा नम्बर ९ केवलानीमा आयोजना गरेको बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
रक्त संचार दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा बडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले तिलोत्तमा नगरपालिकाको ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमाू अभियानलाई यस्ता कार्यक्रमहरुले सहयोग पुर्‍याउने बताउनुभयो । वहाँले बिरुवा रोप्नु भन्दा जोगाउनु महत्त्वपुर्ण भएकोले रोपिएका बोटबिरुवालाई संरक्षण गर्न विद्यालय परिवारलाई आग्रह गर्नुभयो । त्यस्तै वहाँले वडा नम्बर ९ मा रहेका मठमन्दिर, बिधालय, सडक छेउछाउ लगायतका ठाउँमा बृक्षारोपण गरी उचित संरक्षण गर्ने पनि बताउनुभयो ।

नेपाल रेड्क्रस सोसाइटी मणिग्राम उपसाखाका सभापति टेक बहादुर थापाले रेड्क्रसले स्वास्थ्यको क्षेत्रमा काम गर्ने भएकाले बृक्षारोपणले वातावरणलाई सन्तुलन गराउने बताउनुभयो । वहाँले बोटबिरुवा जोगाउने जिम्मा अब विद्यालयको हातमा रहेको जनाउनुभयो ।  जुनियर रेडक्रस सर्कलका संयोजक डिल्लीराम गैह्रेको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपसाखाका सचिब अर्जुन उपाध्यायले संचालन गर्नुभएको उपशाखाका कोषाध्यक्ष राम प्रसाद ढकालले जानकारी दिनुभयो ।