साडी तल झरेपछी अहिलेको तिजमा यमुनाले लगाइन बुट्टे फरिया

१२ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल –  नेपाली महिलाहरुको महान पर्व तिज नजिकीदै गर्दा बजारमा दैनिक दर्जनौँ तिज गितका विभिन्न भाकाहरु धमाधम आईरहेका छन् । नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक तथा गायिकाहरुले तिज गितमा आफ्नो स्वर दिएका छन् । यसै वर्ष तीज गीतको भिँडभाडमा बुटवललाई कर्मथलो बनाई बस्ने गुल्मेली चेली यमुना अर्याल र सुनिल घिमिरे क्षेत्रीको आवाजमा सजिएको मायाँ प्रेममा आधारित तीज गीत बुट्टे फरियाले नेपाली सांगितिक बजारमा चर्चा बटुल्दै छ ।

गत वर्ष चर्चित गायक खुमन अधिकारीसंग अर्यालको माहुरी बोलको तिज गीतले दर्शक तथा श्रोताहरुको राम्रो साथ एंव मायाँ पाएको थियो । यस वर्ष यमुनाको बुट्टे फरिया संगै सानु ढलकेर नाच बोलको तीज गीत समेत केही दिनमा सार्वजनिक हुन लागेको चुलबुले सुन्दरी गायिका यमुनाले जानकारी दिईन । यमुनाले हाल सम्म ६ वटा तिज गित तथा २ वटा लोक तथा दोहोरी गितमा आफ्नो स्वर दिएको बताएकी छिन् । सुनिता सुनुवारको शब्द, यज्ञ सापकोटाको संगित रहेको बुट्टे फरियाको म्यूजिक भिडियोमा मदन खड्का र रिना थापाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

विरेन्द्र भट्टको सम्पादन, अनिल राईको छायाकंन रहेको भिडियोको मदन खड्काले निर्देशन गरेको गायिका अर्यालले बताईन । यसै गरि सानु ढलकेर नाँच बोलको तिज गीतमा यमुना अर्यालसंगै दिपक कुमाल सर्गमको स्वर रहेको छ । प्रसंन्न म्यूजिक प्रा.लि.को प्रस्तुतीमा रहेको तीज गीतमा अम्मर घर्तिको लय तथा शब्द रहेको छ । हेमन्त शिशिरको एरेन्ज तथा मिक्सिङ्गमा रहेको म्यूजिक भिडियोमा चर्चित मोडलजेम्स वि.सि र पवित्रा कुमालको अभिनय रहेको छ । गीतमा नमराज घिमिरेको छायाकंन तथा बिरबहादुर थारुको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो : –

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का…
  • प्राज्ञिक विद्यार्थी परिषद, नेपाल द्धारा कक्षा ११ को पाठ्यक्रमको अन्योल…
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान
  • आज २०७७ पुस २५ गते शनिबार
  • सुर्य गंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औँ…
  • पूर्व प्रधानन्यायाधीशहरुले भने– प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संवैधानिक अधिकार छैन
  • निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेका युवालाई रिहा गर्न देउवाको…
  • उल्टो हिंडेर संसद विघटनको विरोध
  • गुल्मी र पाल्पाका शिक्षकहरुका लागि १० दिने टिपिडी तालिम पाल्पामा…
  • ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल स्मार्टमा ‘क्यास ब्याक’ योजना