स्टेप अफ डान्सको उपाधी दिपिकालाई

प्रकाशित मिति:

राम भण्डारी / बुटवल – सप्तरङी कला केन्द्र रुपन्देहीले सञ्चालन गरेको स्टेप अफ डान्सको बिजेता दिपिका थापा भएकी छन । आरम्भ रिसोर्ट ढवाहमा सम्पन्न भएको ग्राण्ड फिनालीमा २१ प्रतियोगी बाट छान्दै टप प्रतियोगीहरुको छनोट बाट टप फोर कन्टेस्टेन्टलाई पुरस्कार प्रदान गरिएको थियो ।  उक्त ग्रान्ड फिनालीमा प्रथम, द्वितिय ,तृतिय र सान्तना हुने प्रतियोगीहरु क्रमस दिपिका थापा , एन्जल राना , सुनिल गुरुङ र मिफुरुङ सारु मगर रहेका थिए । उनिहरुले क्रमस रु १,००,००० ,  ५०,००० , २५,००० र  १५,००० र आकर्षक मायाको चिनो प्राप्त गरेको संयोजक अर्जुन गुरुङले सबलपोस्टलाई जानकारी दिए ।

सप्तरङी कला केन्द्रका प्रबन्धक रबी थापाको अध्यक्षता एबम मायादेबी टेक्निकल कलेजका प्रबन्धक एबम युवा नेता चिरन्जिबी जोशीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा विशिष्ट अतिथीहरु सामाजिक अभियानता मुक्तीराज पौडेल , तिलोत्तमा जेसिसका अध्यक्ष जय प्रकाश भट्टराई , नेपाल मगर संघका जिल्ला सदस्य निर्मला थापा , महिला संघ तिलोत्तमा नगर सभापति राधिका श्रिस , युवा नेता मधु राइ , नेपाल प्रेस युनियन रुपन्देहीका उप-सभापती कबिन्द्र नेपाल लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी चिरञ्जिबी जोशीले सप्तरङी कला केन्द्रले स्थानिय स्तरमा पनि थुप्रै सामाजिक कार्य गरिरहेको देख्दा जनस्तर बाटनै राम्रो उत्साह एबम हौसला पाइरहेको देख्दा खुशी ब्यक्त गरे । साथै यि र यस्ता कार्यक्रम निरन्तर गरेर समग्रलाई स्थान दिने क्रम जारी राख्न समेत आग्रह गरे ।  कार्यक्रम संयोजक अर्जुन गुरुङले सप्तरङी कला केन्द्रले स्थानिय कला , सास्कृतिक नृत्यलाई उजागर गर्ने र समाजमा रहेका विकृतिहरुको विरुद्दमा जनचेतना फैलाउने उदेश्यका साथ स्थानिय कलाकारहरुलाई प्राथमिकता दिईरहेको र आउँदा दिनमा राष्ट्रिय स्थानमा लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिई अघी बढ्ने जमर्को अगरेको समेत बताएका थिए । त्यस्तै अध्यक्ष रबी थापाले आउँदा दिनहरुमा सप्तरङी कला केन्द्रले थप नयाँँ र आकर्षक कार्यक्रम स्थानिय कला , सास्कृतिक नृत्यलाई उजागर गर्ने कुरा बताएका थिए भने  कार्यक्रमको संचालन मनुक मगरले गरेका थिए ।