बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठले गरे आत्महत्या

प्रकाशित मिति:

काठमाडौं- प्रधानमन्त्री निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर उनले आइतबार आत्महत्या गरेका हुन्। अवकाश प्राप्त नायब सुब्बा हुन्। महानगरीय प्रहरी वृत्त बालाजुले उनको आत्महत्या पुष्टि गरेको हो ।

घटना लगत्तै प्रहरीले श्रेष्ठलाई तत्काल उपचारका लागि पिपुल्स अस्पताल लगेको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । सपिङ मलमा किनमेलका लागिभन्दा पनि उनी आत्महत्याका लागि सातौं तलामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनी ललितानिवास परिसरको सरकारी जग्गा सत्ता, शक्ति र पदको दुरुपयोग गरी निजी बनाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानिबन दायरामा थिए । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो। – खबरहब