सम्पर्क समाजको नेतृत्व तथा व्यक्तित्व विकास तालिम

प्रकाशित मिति:

बुटवल-गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजको आयोजनामा भएको २ दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम सकिएको छ । संस्थाका पदाधिकारीहरु र सदस्यहरुका लागि आयोजित तालिममा २५ जनाको सहभागिता रहेको थियो । नवलपरासीको रजहर स्थित प्राकृतिक चिकित्सालय र पिप्रहर सामुदायिक होम स्टेमा आयोजित तालिममा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड्काले प्रमुख प्रशिक्षकको रुपमा सहजीकरण गर्नुभएको थियो । संस्थामा आवद्ध व्यक्तिहरुको व्यक्तित्व विकाससँगै नेतृत्व क्षमताको विकास होस भन्ने उद्दृश्यले तालिमको आयोजना गरिएको समाजका अध्यक्ष राम प्रसाद गौतमले बताउनुभयो ।

सोही अवसरमा प्राकृतिक चिकित्सालयका डा. विनोद पौडेलले स्वस्थ रहनका लागि अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जानकारी गराउनुभएको थियो भने समाजको तर्फबाट उहाँलाई सम्मान गरिएको थियो । तालिम समापन समारोहमा सहभागीहरुले आफ्नो अनुभव सुनाएका थिए भने कार्यक्रमको सञ्चालन सचिव मनोज खड्काले गर्नुभएको थियो ।
सोही ठाउँमा बसेको समाजको बैठकले हरितालिका तीजको अवसरमा भदौ ७ गते बुटवलमा तीज मिलन कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।