अफगान राष्ट्रपतिका सहयोगीको कार्यालयलाई लक्षित गरी आक्रमण

प्रकाशित मिति:

एजेन्सी –अफगान राष्ट्रपतिका सहयोगी अमरुल्लह सालेहको पार्टी कार्यालयमा विस्फोट भएको छ ।कार्यालयमा आइतबार भएको आक्रमणमा परी कम्तीमा २ जना मारिएको तथा अन्य २५ जनाभन्दा धेरै घाइते भएको अफगान अधिकारीले जनाएका छन् ।स्थानीय समयअनुसार दिउँसो करिब ४ बजेर ४० मिनेट जाँदा सालेहको ‘ग्रीन ट्रेन्ड’ पार्टी कार्यालय नजिकै पहिलो विस्फोट भएको र विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेको अफगान गृहमन्त्रालयले जनाएको छ ।

सालेह अफगान ग्रीन ट्रेन्ड पार्टीका नेता उनी आगामी सेप्टेम्बर महिनामा हुन लागेको निर्वाचनमा उपराष्ट्रपतिका लागि उम्मेद्वारी दिएका छन् ।उनी राजनीतिमा प्रवेश गर्नुअघि अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेको बताइएको छ । आक्रमणबाट सालेह भने सुरक्षित छन् ।