ॐ व्रत बस्दा के गर्ने ? यस्ता छन् पालना गर्नु पर्ने कुराहरु

प्रकाशित मिति:

विशेषगरी महिलाहरु साउनको महिनामा महादेवको आराधना गरी आफ्ना श्रीमान्को दीर्घायुको लागि व्रत बस्ने गर्छन् । त्यस्तै विवाह नभएका युवतीहरु राम्रो श्रीमान् पाउने मनोकांक्षाका साथ व्रत बस्ने चलन रहेको छ । जस्तोसुकै मनासयले व्रत बसेपनि त्यसको विधि भने सिलसिलाबद्ध हुन आवश्यक छ । त्यसैले व्रत बस्नु अघि यी कुराका ध्यान दिनुपर्छ ।

– व्रत बस्नुअघि मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । व्रत बसेका बेला शारीरिक श्रम गर्नु उचित हुँदैन । मनलाई शान्त राख्न सक्नुपर्छ र प्रशन्न हुनुपर्छ । – त्यसैगरी साउनको सोमवार अथवा जुनसुकै दिन व्रत बस्ने भए २/४ दिन अगावै फलफुल तथा झोलिलो पदार्थको सेवन बढि गर्नुपर्छ । अझ महिनाभरी व्रत बस्ने हो भने त्यसको लागि विशेष तयारी गर्नु आवश्यक हुन्छ ।

– व्रत बसेका बेला एक गिलास दूध, कागती पानी, जुस र फलफुल सेवन गर्न सकिन्छ जसले शरीरलाई आवश्यक पोषक तत्वको कमी हुन दिदैँन । कतिपयले दिनभरी भोकै बस्ने र बेलुकी एक छाक खाना खाने गर्छन् । त्यसरी दिनभर भोकै बसेर राती एकैसाथ धेरै खानेकुरा खानु हुदैँन । – व्रत बस्दा बिहान बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । साथै शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु राम्रो हुन्छ ।

– व्रत बस्दा मुख दुख्ने तथा दिशा नहुने समस्या आउन सक्छ । यसबाट बच्नका लागि फलफुलको सेवन गर्नुपर्छ । – यस्तै व्रत बस्दा पेट दुख्ने, कव्जियत हुने, पिसाब पोल्ने जस्ता समस्या पनि आउन सक्छन् । त्यतो अवस्थामा एकैपटक पानी पिउनको साटो एक गिलास कागती पानी पिएमा स्वास्थका लागि लाभदायी मानिन्छ ।