संसदमा प्रतिपक्षीको नाराबाजी

प्रकाशित मिति:

काठमाडौं – संसदीय सर्वोच्चता कायम राख्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेताहरुले संसदमा नाराबाजी गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले ‘संसदीय सर्वोच्चता कामय गर’ भन्दै नाराबाजी गरिरहेका छन् । बैठकको सुरु भएलगत्तै प्रतिपक्षी सांसदले उभिएर विरोध जनाए । सभामुखले सून्य समयको कार्यसुचि अघि बढाएपछि सांसदहरुले रोष्टम अगाडि उभिएर सभामुखले संसदीय सर्वौच्चता अस्वकिार गरेको भन्दै नारबाजी गरेका हुन् । सांसदहरुले नाराबाजी गरेपछि अहिले संसद सचिवाललयबाट दिईने श्रव्यदृश्य सामाग्रीमा नारावाजीको अडियोलाई बन्द गरिएको छ । नाराबाजी जारी छ । २५ असारको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ छुट्टा छुट्टै घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दे रोष्टमा नाराबाजी गरेका थिए ।

विरोधका बाबजुत सभामुखले कार्यसुचि अगाडि बढाउदै सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव बढ्न अनुमति दिएका थिए । त्यसपछि बैठक स्थगित गर्दै ३० असारमा डाकिएको थियो । । संघीय संसद सचिवालयले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएको भन्दै सूचना टासेर ८ गतेलाई सारेको थियो ।

थप समाचार