बुबालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

१३ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कैलाली – कैलालीमा ३० वर्षीय छोराले ६० वर्षीय बुवाको हत्या गरेका छन् । कैलालीका अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

रामबहादुरले आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बर बहादुरको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया