किन खस्किदो छ नतिजा ? माथिल्लो जीपिए ल्याउने ३ हजार मात्रै (नतिजासहित)

प्रकाशित मिति:

भक्तपुर – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत बैशाखमा भएको परीक्षको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको हो । गत बर्षबाटै बोर्डले ग्रेडिङ्मा नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो । नियमित तर्फ परीक्षामा सहभागी २ लाख ९२ हजार १ सय ५३ मध्ये सबै भन्दा माथिल्लो जीपए अर्थात् ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा ३ हजार ६७ रहेका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ रहेको छ

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् : कक्षा १२ को नतिजा २०७६

सबै भन्दा धेरै विद्यार्थी २.०१ देखि २.४० जिपीए ल्याउने छन् उक्त समूहमा ८६ हजार २ सय २७ रहेका बोर्डले जनाएको छ । यसैगरी १.६१ देखि२.०० जिपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ र २.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३ रहेको छ । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेका बोर्डले जनाएको छ । ग्रेडिङ पद्दति अनुसार ९ वटा तहको ग्रेड अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिक तर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गत वर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धति अनुसार प्रकाशित गर्न थाले पनि आँशिकको भने पुरानै तरिकाले सार्वजनिक गर्दै आएको छ ।

दुई बर्ष अघि सम्म पहिलो चरणमा विज्ञानको मात्रै नतिजा सार्वजनिक गर्ने क्रमलाई अन्त्य गर्दै बोर्डले गत बर्षबाट सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न शुरु गरेको हो । गत बर्षको नतिजा साउन १७ गते सार्वजनिक भएको थियो । यस बर्षको नतिजा सार्वजनिक गर्नु अघि सोमबार दिउँसो बसेको बोर्ड बैठकले नतिजालाई अन्तिम रुप दिने औपचारिक निर्णय गरेको थियो । – एडुखबर