भदौ ७ गते सार्बजनिक बिदा

प्रकाशित मिति:

विराटनगर – राधाकृष्ण रथ यात्राको दिन बिराटनगरमा सार्वजनिक विदा दिईने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने रथयात्राको दिन भदौ ७ गते बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

सो दिन महानगर अन्तर्गतका सबै कार्यालय तथा विद्यालयहरु विदा हुनेछन् । विराटनगरबाट निस्किने सो रथ यात्रा दक्षिण एसियाकै दोस्रो ठूलो मानिन्छ । रथयात्रामा नेपालबाहेक भारत, बंगलादेश लगायतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् । रथयात्रामा वर्षेनी ५ लाख बढीले सहभागिता जनाउने गर्दछन । हेलिकप्टरबाट पुष्प बृष्टि गराउदै यसपटक पनि रथयात्रालाई भब्य र ब्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएका छन । -न्युजअफनेपाल