जिपी कोइराला फाउन्डेसनले मनायो अमेरीकामा भानुभक्त जन्म जयन्ती

प्रकाशित मिति:

अमेरीका । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले पहिलो पटक नेपालिज हेरिटेज तथा २०६ औ आदीकवि भानुभक्त आचार्यकेा जन्म जयान्ती भव्यता का साथ मनाएको छ। न्यु यार्क सिटीको क्विन्सबोरो प्रेसीडेन्ट मेलिन्दा काट्ज र जिपि कोइराला फाउण्डेसन अमेरिका ले न्युयोर्कमा पहिलो पटक नेपालिज हेरिटेज तथा २०६ औ आदीकवि भानुभक्त आचार्यकेा जन्म जयान्ती जुलाइ २७ को साँझ विशेष कार्यक्रमको रुपमा मनायो । ज्याक्सनहाइटस्थित जुइस सेन्टरमा आयोजित कार्यक्रममा हिन्दु धर्मका पण्डित गुरु मित्र शर्मा, बौद्धधर्म गुरु लामा टुल्कु उर्गेन शेर्पा, ईस्लाम धर्म गुरु मोहम्मद रशिद र क्रिरश्चिन धार्मिक गुरु पास्चर एमानुयल एसे हरुको मन्त्रचरणको साथ कार्यक्रमको शुरुवात गरेका थिए । कार्यक्रममा न्युयोर्क सिटिको क्वीन्सबोरो प्रेसिडेन्ट र मेयर कार्यालयका प्रतिनिधिहरु सहाभागी थिए । कार्यक्रम नेपालि तथा अमेरिकी राष्ट्रिय गान गाएर सुरु भएको थियो। एस्थर डुक्लिएर ले अाफ्नै सुरीलो अावाज मा अमेरिकी राष्ट्रिय गान गायकी थिइन।

उक्त अवसरमा जिपि कोइराला फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले न्युयोर्क सिटिसगं मिलेर पहिलो पटक न्युर्योकमा नेपालिज हेरिटेज र भानु जयान्ती कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी ब्यक्त गदै उपस्थित सवै अतिथिहरुलाई स्वागत गरेका थिए । यस कर्यक्रममा प्रमुख अतिथि पुर्व सासंद, पुर्व सचेतक तथा लेखक डाक्टर शोभाकर पराजुली र उपस्थित विशेष अतिथिहरुलाइ खादा ओढाइ फाउण्डेसन की कोशाध्यक्ष ब्रेन्दा राई ले सम्मान तथा स्वागत गर्नु भएको थियो। विशेष अतिथिहरु नेपाली काँग्रेस जिल्ला कोशाध्यक्षहरुको राष्ट्रिय समितिका उपाध्यक्ष एवं नेपाली काँग्रेस धादिङ्का कोशाध्यक्ष बाबुकृष्ण सापकोटा, क्विन्सवोरो का डेमोक्रेट डिसट्रीक लिडर एन्थोनि एन्ड्रयुज, वरिष्ठ कानुन विद नरेश गेही, सेनेटर जन लु का चिफ अफ स्टाफ अस्कर पटेल, न्युयोर्क सिटि मेयर अफिस का सिनियर कम्युनिटि ल्याजन रोहन नरिन हरु हुनुहुन्थीयो। आइसिसिडि इन्टरफेथका अध्यक्ष एमडि आरसलाम, वल्ड योगा फेडरेसनका अध्यक्ष तथा सिइओ दिलिपकुमार तानकपान गुरुजी तथा नेपालि समाजमा विशेष योगदान पुराउनु भएका वरिष्ठ समाजसेवीहरु क्रमशः डाक्टर तारा निरौंला, डाक्टर कमल पाण्डे, डाक्टर गोविन्द कोइराला, राम खत्री , अजय छेच्छुन, ने.का. नेत्री द्वय गोमा सेन र राजन बिस्वकर्मा, ने.का. नेता बेद खरेल, अन्तराष्ट्रीय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी की अध्यक्ष गीता खत्री , अन्तराष्ट्रीय नेपाली साहित्य समाज-न्यु-यार्क का अध्यक्ष राजेन्द्र श्रेष्ठ, तामागं समाज उत्तर अमेरीका-न्यु यार्क की अध्यक्ष गोमा योन्जन, कोरियन-अमेरिकन फ्लसिङ का अध्यक्ष युन सन, युनाइटेड वि स्टेण्ड का अध्यक्ष तथा युनियन नेता अरमुघन असर, न्यु यार्क मुस्लिम सेन्टर का पुर्व अध्यक्ष सलिम सहिद, लेखीका रहमिना अक्तर, कवियत्री वेला कादिर, वरिष्ठ पत्रकार द्वोय अाङ छिरिङ शेर्पा र बि के नेवा तथा विभिन्न समुदायका विशिष्ट व्यक्तिहरु र फाउण्डेसन को तर्फवाट उपाध्यक्ष सुवर्ण लामा, कोशाध्यक्ष ब्रेन्दा राई, केन्द्रीय सदस्य हरु क्रमशः प्रेम पौडेल, छिरिङ राप्के लामा, शारदा झेत्री, राम श्रेष्ठ, बिमल डागीं, बिष्णु सिहं बैंजु हरु लगाएत को उपस्थिति रहेको थियो।

यस कार्यक्रम मा क्विन्सबोरो प्रेसिडेन्ट मेलिन्दा काट्ज कार्यालयको कम्युनिटि एफेयर डाइरेक्टर डाक्टर महममद हकले नेपालको प्रजातन्त्र, शान्ति र विकासमा योगदान पुर्‍याउनु भएका स्व गिरिजाप्रसादको नाममा स्थापित जिपि फाउण्डेसनसगं सिटिले मिलेर नेपाली पहिचानको कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गदै यस किसिमको कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए । कार्यक्रममा नेपाली समुदायको पहिचान झल्कने विभिन्न समुदायहरुको नृत्यहरु समावेश गरेर समुदायलाइ नृत्य वाट केही सिकौं भन्ने उदेश्य लिएर अमेरिका भ्रमण गरेका नेपालि युवा कलाकार हरु मिलेर वनाएको सस्थां नेपाल हिपअप फाउण्डेन का नौ जना कलाकारहरु को ज्ञान वर्धक नृत्य प्रस्तुत गरेका थिए भने यस हिपअप फाउण्डेसन का सस्थापक दिपेश थापाले फाउण्डेसनको वारेमा प्रष्टाएका थिए साथै प्रेम पौडेल र हेमन मल्ले हिपअप फाउण्डेसन का सस्थापक दिपेश थापालाइ सम्मान गरेका थिए। नेवा गुठी न्यु-यार्क को प्रतिनिधि गर्दै कविना महर्जन ले मन्जुश्री नृत्य प्रस्तुत गरेकी थिइन भने वरिष्ठ गायिका संगीता मुखीया ले अाफ्नो लुकेको प्रतिभा एन्जेल लाहमु गुरुगं र छिरिङ डाइना शेर्पा सगं नृत्य गरेर सबैलाई चकित पार्नु भयो भने सारा पौडेल , रिया तामागं र रिन्चेन लामाको दमदार नेपालि नृत्य प्रस्तुति थियो र विविध सांस्कृतिक कार्यक्रमको अन्तयमा लोकगीत का बरिष्ठ कलाकार द्वय गायक बिमल डांगी र संगीता थापाको प्रस्तुति ले सबै अतिथिहरु नाचेका थिए भने बरिष्ठ वाध्यवाधक नुच्छे नारायण डंगोलको दमदार प्रस्तुति थिथो। बरिष्ठ गायक राम श्रेष्ठ ले अाफ्नो अमुल्य समय खर्च गरेर माईक र साउण्ड सिस्टम उपलब्ध गराउनु भएको थियो।

कार्यक्रममा क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालयले १० जना नेपाली समुदायको व्यक्तित्वहरु मध्येबाट छानेर ३ जनालाई सम्मान गरेका थिए । पुरुस्कृत हुनेहरुमा डा गोविन्द कोइराला, एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा र मिना कुमारी राई थिए ।पुरस्कृत व्यक्तित्वहरुलाई क्वीन्सबोरो पि्रसेडेन्टको कार्यालय, मेयर कार्यालयको प्रतिनिधि र जिपि फाण्डेसनले संयुक्त रुपमा सम्मान गरेका थिए भने डाक्टर गोविन्द कोइराला ले भानुको वारेमा कविता वाचन गर्नु भएको थियो।
प्रमुख अतिथि ले क्विन्स काउन्टीक का डेमोक्र्याटिक लिडर एन्थोनि डि. एन्ड्र्युज लाई अाफैले लेखेको पुस्तक ”Democracy and Socialism” उपहार दिंदै सबै कलाकारहरुलाई पुरस्कार वितरण र सम्मान गर्नु भएको थियो। भानु को सम्झना मा केही कविता हरु पनि प्राप्त भएको थियो।
अन्तय मा फाउण्डेशन का अध्यक्ष ले सबै उपस्थित महानुभावहरु लाइ धन्यवाद प्रकट गर्नु भएको थियो।