(VCTS) ले आम सर्वसाधारण व्यापारीहरुमा एक किसिमको त्रास फैलाएको छ

१३ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
371 Shares


मानस के सि- नेपाल सरकारले यही २०७६-४-१ गते देखि लागू गरेको vehicle& Consignment Tracing system(VCTS) ले आम सर्वसाधारण व्यापारीहरुमा एक किसिमको त्रास फैलाएको छ! सरकारले कुनै पनि कर प्रणालीलाई सशक्त बनाउनु ,करको आकार वा क्षेत्र बढाउनु या कर उठाउनु आफैमा नराम्रो होइन र यो राज्यको दायित्व र कर्तव्य सहितको अधिकार हो!आम नागरिकले राज्यले लगाएको कर तिर्नै पर्छ ! हामीले यति बुझ्दा बुझ्दै सरकारको कुनै किसिमको कर प्रणालीले कोही कसैलाई आतंकित बनाउनु हुदैन! सरकारले लागू गरेको vcts प्रणाली किन र के का लागि हो ? यसको वास्तविक उद्देश्य के को ? यसको अल्पकालीन र दीर्घकालीन प्रभाव र असर या यसका फाईदा र बेफाइदाहरु के – के स्पष्ट नपारी सम्बन्धीत पक्षको अवधारणा नबुझी एकलौटी ढंगले जुन उद्देश्यको साथ लागू गरेको छ त्यो आम व्यापारी र सर्वसाधारणको हितमा छैन! सरकारको यदि कर चुहावट भएको छ र सरकारलाई ठूलै नोक्सानी भएको छ भने भन्नु पर्यो पत्ता लगाउनु पर्यो र कारबाही गर्नु पर्यो, होइन भने यो प्रणालीको नाममा त्रास सिर्जना गर्नु हुँदैन!

सरकारले vat लागू गरेको विलिङबाट भ्याट असुल गरेकै छ। भ्याट कहाँ कहाँ र कसरी छली भएको छ पत्ता लगाएर कारबाही गरे त भइहाल्यो । कारबाही गर्न सरकारलाई कसले रोक्छ र। यदि व्यापारीकै कारण राज्य सञ्चालनमा गार्हो भयो,बाधा भयो भने स्पष्ट भन्नु पर्यो । आम नागरिकले नखाएर पनि सरकारले भने जति कर तिर्न राजी हुन्छन्। तर सरकारको मुख्य दायित्व भनेको राज्यमा हुने सस्थागत भ्रष्टाचार, राजनीतिक भ्रष्टाचार, निजामती कर्मचारीको भ्रष्टाचार महंगी नियन्त्रण, हरेक क्षेत्रको कमिसनको भेल सहित विभिन्न क्षेत्रबाट वार्षिक अरबौको भ्रष्टाचार हुन्छ! महंगीले नुनसंग र पानीसंग चोबेर भात खानु पर्ने आइसकेको छ ,औषधि उपचार र शिक्षा क्षेत्र आम सर्वसाधरणको पहुंच भन्दा बाहिर गइसक्यो जहाँ अत्यन्तै ठूलो व्यापार हुन्छ! यस्ता क्षेत्रमा बेथिति र भ्रष्टचार रोक्ने कुनै पहल कदमी छैन सरकारसंग! कुनै वास्ता छैन ! हिजै मात्र पउने खर्ब रुपैयाँ बजेट खर्चको नाममा खुलेआम लुट भयो अर्थमन्त्री चुसम्म बोल्दैन। सरकारलाई खुसी बनाउन र जागिर टिकाउन जसरी हुन्छ जनताको घाँटी थिचेर कर बढी भन्दा बढी उठाउने र भ्रष्ट नेता र कर्मचारीलाई अझै भ्रष्ट   बनाउन जोड दिन्छ! हुन त यसरी राज्य सञ्चालन गराएर बस्नेहरुलाई हामीले नै त्याे अधिकार दियौ । अब कसलाई के भन्ने र?

नेपालमा साना व्यापार व्यवसाय भनेको स्वरोजगारसंग जोडिएको छ ! आम सर्वसाधरण यही पेसा मार्फत दैनिक गुजुरा चलाई रहेका छन ! सानो लगानी,सानो उत्पादन ,सानो व्यापार , सानो परिवार सानो आम्दानी र बिहान बेलुका को छाक टार्ने काम याे भन्दा अरु के नै छ ! सरकारी नीति पनि स्वरोजगार , सहकारी नीति , अान्तरीक उद्योगको प्रवर्द्धन, घरेलु उत्पादनमा जोड दिने नै छ तर यस्ता किसिमको कर प्रणालीले बेरोजगारी बढाउन, आन्तरिक उत्पादनमा गिरावट ल्याउन,साना व्यापार र लगानी धरापमा पार्न स्वरोजगारलाई विस्थापित गराउन यो भन्दा त अरु केही असर पर्ला जस्तो त लाग्दैन ! यो नीति भनेकाे समाजवादलाई महत्त्व दिन्छु भन्ने सरकारको पूर्ण पुँजीवादी निर्णय भन्दा अरु त केही होइन ! यस किसिमको प्रणालीले ठूला पूँजी र पूँजिवालको लगानीको सुरक्षित गर्ने र विदेशी लगानी र उत्पादनको बजारीकरणमा टेवा पुर्याउने भन्दा अरूलाई त केही फाईदा त यसले गर्दैन ! यसको अर्को पाटो भनेको अप्रत्यक्ष महंगी वृद्धि र व्यक्तिगत पूँजीवालालाई लाभ र उनीहरूको पूर्ण नियन्त्रणमा बजार रहेने अवस्था सृजना हुन्छ। यो भनेको आम सर्वसाधारण स्वरोजगारबाट ,आन्तरिक साना उत्पादनबाट र देश भित्रका उद्योगको उत्पादनबाट र प्रयोगबाट वञ्चित हुने नै हो! यस प्रणालीमा अत्यन्तै ठूलो कमिशन खेल भएको छ भनेर बुझ्न कुनै आईतबार पर्खी रहनै पार्दैन! र मुख्य यो प्रणालीको उद्धेश्य भनेको साना स्वरोजगार व्यवसाय पूर्ण रूपमा बन्द गर्ने र ठूला व्यापारीलाई ब्रम्हलुट गर्न दिने र सरकारी मान्छेले कमिशन लिने ! र अर्को भनेको बिदेशी उत्पादनको विशेष जोड दिएर नेपाली उद्योग धरसायी बनाउने भन्दा अरु कुनै नियत हो जस्तो लाग्दैन! यदि यो प्रणाली लागू नै गर्नु छ भने उत्पादक उद्योग बाट आधिकारिक विक्रतासम्म लागू गरे त भइहाल्छ ! आयात हकमा भन्सार बाट आयात कर्ता सम्म र उ बाट आधिकारिक विक्रता सम्म गरे त भइहाल्छ! तल थोक विक्रता सम्म अहिले नै किन जानु पर्यो। यस प्रणालीलाई अहिले यस ठाँउसम्म अभ्यास गरेर त्यस पछि मात्र तल्लो तहमा जाँदा उपयुक्त हुन्छ! सबै व्यापारीले तिर्नु पर्ने कर त तिर्नै पर्छ! तर कर भनेको करदाताले कर तिरेको भार महसुस नगर्ने किसिमको हुनुपर्छ! सरकारले यस विधिलाई केही हेरफेर गर्न आबस्यक छ! यो मेरो व्यक्तिगत धारणा मात्र हो ! नाम्सले पनि यसमा आफ्नो धारणा बनाउन आबस्यक छ किनकि यो प्रत्यक्ष अप्रत्यक्ष दुबै रूपमा हाम्रो पेसा संग सम्बन्धित छ!

फेसबुकबाट तपाईको प्रतिक्रिया