नाइजेरियाको उत्तर पूर्व क्षेत्रको बोर्नो राज्यमा ६५ जनाको हत्या

प्रकाशित मिति:

एजेन्सी । आतंककारी संगठन बोको हरामले नाइजेरियाको उत्तर पूर्व क्षेत्रको बोर्नो राज्यमा ६५ जनाको हत्या गरेको छ । अन्तिम संस्कारबाट फर्किरहेका स्थानीय मिलिशियामाथि बोको हरामका लडाकुहरुले गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । मैदुगुरी नजिकै न्गांजई जिल्लामा आफन्तको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेको पुरुष समूहमाथि तीन मोटरसाइकलमा र गाडीमा आएका आक्रमणकारीले गोली चलाएको स्थानीय मिलिशिया नेता बुनु बुकर मुस्तफाले बताएका छन् । गन्गांजई जिल्लाका एक अधिकारीले घटना र मृतकको संख्या पुष्टि गरेका छन् ।