व्यंग्य कविता: तीज जात्रा

प्रकाशित मिति:

अर्जुन राज पन्त-

लुतो फाल्न पाको छैन तीज पो शुरु भयो
हेरेनन कि क्यालेन्डर कि,चाड पो आघि गयो

जन्मास्टमी आए संगै तीज पो लाउथ्यो पहिले
एति चाडै आउन थाल्यो के भएर अहिले

जन्मेकी खै अर्का कृष्ण असारैमा फेरि
मनायौ कि तीजलाई फेरि त्यहि तिथिलाइ हेरी

टोल छिमेकमा पार्टी चले गीत नि गाइसके
फेसबुक र मिडियामा तिनै छाइ सके

असारे गीत सुन्ने याममा शुन्छु तीजका गीत
उल्टीयो कि कोल्टो पर्यो चाडबाडको रीतरु

बिराला र पिराला रे गीत नि कस्ता कस्ता
क्यारी होला सुन्नी हेर्नि परिवारमा बस्दा

उमेर हदको सिमा तोक तीजका गीतमा पनि
बयश्कले मात्र हेर्नु तीजको यो गीत भनि ।

सस्कृति कि बिकृति हो चिन्न गार्हो आज
पहिरन पनि उस्तै अझै छैन सरम लाज

काँहा गए तने चोली कठै आज भोलि
औतारी त्यो टालो लाछन् पिठ्यु पुरै खोलि

त्यत्रो छाती ढाक्न कठै चार अंगुलको टालो
बाक्लो हो र त्यहि नि अझ माकुराको जालो

तीजका पार्टी कति कति खाने चिज नि अति
माशु माथि मदिरा छ पिउन सके जति १

तीजको दरमा आज कठै आयो माशु जाँड
तीज हो कि हो यो कतै गहनाको चाड

खुवाउन भनि जानै पर्ने चेलीबेटी लिन
आज आयो अर्को घाँडो तिन्लाइ पुय्राई दिन

मदिरामा लट्ठीएका लड्लान कतै भनि
घरै लगी बुझाउ तिन्लाइ अर्को जिम्मा पनि १

गहनाको प्रदर्शनी धाकको प्रतिश्पर्धा
आफ्नै ज्यानलाइ जोखिम परि चोरलाई निम्ता गर्दा ।

काँहा जाँदो हो बुद्दि बिबेक पढेकै को पनि
तीज लाएसि मेसै पाउनन्न के ले अन्धो बनि

के आनन्द दिन्छ त्यसले के नै राम्रो पार्छ
लुटेराले लुट्न त्यहि ज्यानै पनि मार्छ

सजिला नि हुन् र अझ गहना नि कस्ता
तीखा चुच्चा उम्रिएका बनका काँडा जस्ता

पिठ्यु ढोक्ने टालो छैन छड्के पोते क्यार्नि
घुडा सम्मै लत्रिएको क्यारी होला स्यार्नी

कुन मन्तरको जन्तर हो त्यो लायौ तिम्ले अनि
त्यो लाएसी छुट पाइन्छ कि जे गरेनी भनि

झुम्का पनि अचम्मैका रामलीलाका अरे
तिम्रो लिला देखेर कि राम नि दङ्ग परे

 ब्यङ्ग कबि पन्तको खण्डकाब्य कोईली छिट्टै बजारमा आउदै छ