प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार प्रेमनारायण आचार्यलाइ

१४ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
95 Shares


कौरव खत्रि । यस बर्षको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार अर्घाखाँचीका पत्रकार प्रेमनारायण आचार्यलाई प्रदान गरिएको छ ।  नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु। २० हजार राशीको पुरस्कार आचार्यलाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले नगद २० हजार सहित सम्मान पत्रले पुरस्कृत गर्नु भएको हो । अर्घाखाँची ज्रिल्लामा रही विगत १२ बर्ष देखि व्यवसायीक रुपमा सक्रिय पत्रकार आचार्यले अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक , एभिन्युज टेलिभिजन, उज्यालो नेटवर्क, र रेडियो देउराली सन्धिखर्कमा कार्यरत हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया