एन्फाको प्राविधिक निर्देशकमा ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी

प्रकाशित मिति:

काठमाडौं – नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक निर्देशकमा अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी गरेको छ । मंगलबार बस्ने एन्फाको कार्यसमितिले उनलाई एन्फाको प्राविधिक निर्देशकमा नियुक्त गर्ने तयारी थालेको छ । प्राविधिक निर्देशकका लागि एन्फाले माग गरेको पदमा ग्यारीको निवेदन परेको थियो ।

एन्फा र ग्यारीबीच कामको जिम्मेवारी र पाउने सेवा सुविधाबारेमा सहमती भएको जनाइएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ नेतृत्वको पदपुर्ति समितिले प्राप्त निवेदनका आधारमा ग्यारीको नाम सिफारिस गरेको हो । प्राविधिक नियुक्तलगायतका बिषयमा निर्णय गर्न एन्फाले मंगलबार दिउँसो केन्द्रिय कार्यसमितिको आकस्मिक बैठक समेत बोलाएको छ ।