मलेसियाको रोजगारी खुलाउन माग गदै विभाग घेराउ

प्रकाशित मिति:

काठमाडौं – वैदेशिक रोजगार व्यवसाय संघले एक वर्षदेखि बन्द मलेसियाको रोजगार खुलाउन माग गदै वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् । मलेसिया रोजगारीका विषयमा सरकारको आधिकारिक धारण माग गदै विभाग घेराउ गरेको संघले जानकारी दिएको छ । मलेसिया एक वर्षदेखि बन्द हुँदा धेरै म्यानपावर कम्पनी बन्द हुने सम्भावना रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन विभाग घेराउ गरेको संघका उपाध्यक्ष रामप्रसाद भन्तानाले जानकारी दिएका छन् ।

सरकारले म्यानपावर व्यवसायीलाई विभिन्न बाहानामा अप्ठयारोमा पर्ने काम भइरहेको उनको आरोप छ । सरकारले पछिल्लो समय वैदेशिक रोजगार ऐन संशोधन गरेर म्यानपावर व्यवयासीलाई अपराधी भन्न खोजीरहेको प्रति व्यवसायी एक जुट भएर आन्दोलन गरीरहेको उपाध्यक्ष भन्तानाले जानकारी दिए ।

वैदेशिक रोजगार ऐन २०६४ शसोधन गरेर धरौटी बृद्धि गरेको थियो । यो विषयमा व्यवसायीले सुरुदेखि विराध गदै आएका छन् । व्यवसायीले धरौटी राखेको पैसाको व्याज पाउनुपर्ने, सीप प्रमाणिकणको निर्णय तत्काल लागू नगर्ने र अन्य कानूनी बन्देजभित्र नपर्ने माग गदै आन्दोलनमा गदै आएका छन् । व्यवसायीले यो भन्दा अगाडी पनि वैदेशिक रोजगारीमा कामदार पठाउन एक हप्ता बन्द गरेका थिए ।