विप्लव समुहको भोलि बन्द

प्रकाशित मिति:

काठमाडौँ – प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले साउन १५ गते बन्दको घोषणा गरेको छ । आफ्नो पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा बन्दको घोषणा गरेको बताइएको छ ।

विज्ञप्ति जारी गर्दै विप्लव समुहले बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विकले जारी गरेको विज्ञप्तिमा भनिएको छ साउन ११ गते प्रचार प्रसार, १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकारबाही कारबाही, १४ गते मसाल जुलुस गर्ने ।

यस्तै १५ गते बागमति, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको छ । विज्ञप्तिमा सरकारले इतिहासका तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आतातायी गिरफ्तारी एवं दमन गरेको आरोप लगाइएको छ । विकले आफ्नो पार्टी त्यसको निन्दा र भत्र्सना गर्ने भन्दै लामाको रिहाइको माग गरेका छन् ।