इस्तानबुल एयरपोर्टमा ४८ घन्टा

१४ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
113 Shares


चिरन्जिबी भण्डारी  – जुलाई महिनाको ८ तारिख देखि १२ तारिख सम्म इनिसियटिभ अफ चेन्ज नामक संस्थाको आयोजनमा स्वीटजरल्याण्डस्थित को प्यालेसमा आयोजित टुवार्डज एन इनक्लुसिभ पिस नामक सम्मेलनमा सहभागी भएर स्वदेश फर्कनका लागि मित्र राजेन्द्र सेन्चुरी र म जुलाई १४ दिन बिहान ७स्१२ बजेको रेल चढेर को प्यालेशबाट मन्ट्ररूतर्फ लाग्यौं।  ओरालो बाटोमा हाम्रो रेल यात्रा निकै रोमाञ्चक थियो। अनि लेक जेनेभाको छेउमा रहेको मन्ट्ररू बजार र छेउका अन्य बस्तीको मनोरम दृश्यले यात्रालाई थप उत्साहित बनाएको थियो।  पहाडी मार्गको सानो रेल छोडेर हामी स्वीटजरल्याण्डको मन्ट्ररूबाट अर्को रेल चढेर अगाडी जुरिकतर्फ लाग्यौं। लुजान भन्ने ठाँउमा रेल परिवर्तन गरेर जुरिक एयरपोर्टको फुल्गाफोन रेल्वे स्टेसनमा ओर्लियौं।  त्यसपछि हामी जुरिक एयरपोर्टको दोस्रो तल्लामा रहेको टिकट चेकइन काउन्टर हुँदै विमानस्थलको इमिग्रेसन डेस्क पार गरेर यात्रामा अगाडि बढ्यौ। विमानस्थलको गेटदेखि बोडिङकक्षसम्म पुग्नका लागि विमानस्थल भित्रकै बसमा हामीले ‘को प्यालेस’मा बिदाई गरेका आइएससी अमेरिकामा कार्यरत ५ जना साथीलाई भेट्यौं।  विमानस्थलमा उनीहरुको यात्रा र आगामी दिनमा फेरी कुनै स्थानमा भेट्ने छोटो कुराकानीपछि हामी बिमान प्रस्थान कक्षतर्फ लाग्यौं। त्यँहा हामीले युरोपका विभिन्न देशको भम्रण गरेर नेपाल फर्कदै गरेका केही नेपाली पर्यटन व्यवसायीलाई भेट्यौं। त्यहि क्रममा हामीले उनीहरूसँग युरोप यात्राका बारेमा केही सक्षिप्त कुराकानी समेत गर्‍यौं।

त्यहाँबाट जुरिक-इस्तानबुल र इस्तानबुल-काठमाडौंका दुईवटा बोडिङपासहरु पासपोर्टको बिचमा राखेर विमानतर्फ प्रस्थान गर्‍यौं।  जुरिक एयरपोर्टबाट इस्तानबुलका लागि प्राप्त गरेको हाम्रो बोर्डिङपासमा हाम्रो सिटहरू क्रमशः ३१ डी र ई थियो भने इस्ताबुलदेखि काठमाडौंसँग सिट नं ३८ डि र ई थियो।  जुरिकबाट हाम्रो प्लेन निर्धारित समय दिउँसोको २स्४० भन्दा झन्डै आधा घण्टा पछिमात्र इस्तानुलतर्फ प्रस्थान गर्‍यो।  विमानको यात्राका क्रममा हामीहरू जेनेभा, को प्यालेस, मन्ट्ररू, भेवे, लुजान र अन्य स्थानहरुमा हामीले यात्रा गर्दाका क्रममा देखेको अंगुर खेती, पहाडी क्षेत्रका बस्ती बस्तीसम्म पुर्‍याएको रेल र सडक सन्जाल, नेपालको जस्तै भूभाग र घना जंगलहरु, नागरिकहरुको चेत, सुन्दर र चिटिक्क देखिने स(सानाघर लगायतका विविध विषयमा छलफल गर्दै आयौं। छुट्टि मनाएर स्वीजरल्याण्डबाट फर्किएकी जर्मन दूतावास इस्तानबुलमा कार्यरत एक महिलाले हाम्रो छलफलमा सक्रियतापुर्बक साथ दिएकी थिइन्। हाम्रो प्लेन जब इस्तानबुल एयरपोर्टमा ल्याण्ड भयो। त्यति बेला साँझको करिब ७ बजिसकेको थियो।  विमानस्थलमा पुग्दा पानी परिरहेको थियो। प्लेनको करिब करिब अन्तिम सीटमा बसेका हामीलाई विमानदेखि अन्तर्राष्ट्रिय स्थानान्तरण गेट र सुरक्षा चेक जाँचसम्म आँउदा नै करिब ४० मिनेट लागेको थियो। सुरक्षा चेकचाँज सकिसकेपछि विमानस्थलका विभिन्न स्थलमा रहेका विद्युतीय सूचनाबोर्डहरु हेर्दा इस्तानबुलदेखि काठमाडौंका लागि टर्किस एयरलाइन्सको ०७२६ उडानको प्लेन गेट नम्बर एफ १६ बाट बोडिङ भैरहेको सूचना प्राप्त भयो।  विमानस्थलमा रहेका ए, बि, सि, डी, इ, एफ गेटहरूको संकेत सूचकहरु समेत पछ्याउँदै काठमाडौंका लागि बोर्डिङको तय भएको एफ १६ नम्बर गेटसम्म पुग्दा करिब ८ बजेर १८ मिनेट भइसकेको थियो।  उक्त समय हामी पुग्नुपर्ने अन्तिम निर्धारित समय भन्दा करिब ३ मिनेट मात्र ढिला भएको थियो र प्लेन उडान पूर्वको तयारिमा थियो । त्यो अवस्था सोहि उडान बाट भोलि पल्ट नै काठमाडौँ पुग्ने हाम्रो अपेक्षा भन्दा बिल्कुल विपरित थियो ।  बोर्डिङका लागि खटिएका बिमानका कर्मचारी विमानतर्फ रहेछन्। विमानस्थलका अन्य कर्मचारीसँग बुझ्दा काठमाडौं जाने विमान रनवे तर्फ प्रस्थान गर्न गइसकेको भन्दै टर्कीस एयरलाइन्सको सम्पर्क कक्षमा जान सुझाव दिए।
विमान प्रस्थानका लागि रनवेतर्फ गइसकेको भन्ने सूचना सुन्नासाथ हामीलाई केहि नरमाइलो अनुभूति भो । तरपनि प्लेन उडानको तयारीमा पुगिसकेकोले अर्को उडानको प्रतिक्षा गर्नुबाहेक हामीसँग केही बिकल्प रहेन।  त्यसपछि विमानस्थलका कर्मचारीहरू कुरा गर्न गयौं। उनीहरूसँग कुरा गर्दा करिब ४८ घण्टा पछिमात्र टर्कीस्एयरको अर्को उठान इस्तानबुलबाट काठमाडौं जाने जानकारी पायौं। यसपछि हामी केहि आत्तियौ।  सोमबार बिहान ६ बजे नेपाल पुग्ने गरि यात्रा तय गरेका हामीलाई ४८ घण्टा पछि मात्र जान सकिने जानकारीले बेचैन बनायो।  सुरूवातमा विमानस्थलका कर्मचारीसँग कुरा गर्दा ४८ घण्टा पछि सोही प्लेनबाट काठमाडौं जान सकिने जानकारी दिए । तर, बिमानको अर्को उडानका लागि बोर्डिंग पास माग गर्दा विमानस्थलका कर्मचारीले एक घण्टा भन्दा कम समयको टान्जीट भएमा सेवाप्रदायक विमानले ब्यबस्थापन गर्ने र एकघन्टा भन्दा बढीको टान्जिट भएमा निर्धारित समयमा एउटा विमानदेखि अर्को विमानसम्म पुग्ने जिम्मा स्वयम यात्रुको हुने भन्दै उनीहरुले हामीलाई अर्को टिकट खरिद गर्न सुझाए। अब हामीले सोहि ४८ घण्टा पछिको काठमाडौंको उडानका लागि ३२१ युरो वा ३६२ डलर बुझाएर अर्को टिकट लिनुपर्ने सूचना कर्मचारीले दिए । स्विजरल्याण्डको हाम्रो बसाइको खर्च आयोजक संस्थाले नै बेहोर्ने हुँदा बाटो खर्च र स्विजरल्याण्डका अन्य स्थानहरु घुम्नका लागि करिब ५०० स्विश फ्रान्क र १०० डलर रकम साटेर एक साताअघि स्वीजरल्याण्ड पुगेका हामीसँग घर फर्कनका लागि इस्तानबुल विमानस्थलमा फर्कदा करिब ७० डलरबाहेक बाँकी रकम केही थिएन। यस्तो अवस्थामा हामी त्यहाबाट टिकट खरिद गर्नसक्ने अवस्थामा थिएनौं ।

टिकट तत्काल खरिद गर्नसक्ने अवस्था नभएपछि हामीले एरलाइन्सका कर्मचारीसँग अर्को विकल्पहरु केहि छ कि भन्ने बारे जिज्ञाशा व्यक्त गरेउ ।त्यसका साथै बिमानस्थल भित्र कतै इन्टरनेट छ कि भन्ने खोजि गर्न थालेउ । बिमानस्थलको इन्टरनेट प्रयोगका लागि अन्तरास्ट्रिय रोमिंगमा रहेको वा अन्तरास्ट्रिय सिमकार्ड आबस्यक पर्ने जानकारी विमानस्थलका कर्मचारीबाट प्राप्त भो । सोहि क्रममा उनीहरुले हामीलाई अन्तर्राष्ट्रिय स्थानान्तरणका लागि सुरक्षा चेकचाँज प्रवेश संगै रहेको कस्टोमर केयर युनिटमा गएर घरपरिवार र साथीभाईलाई फोन गरेर नँया टिकट किन्न समेत सुझाव दिए ।  अनि हामी कस्टोमर केयर सेन्टरतर्फ गयौं।त्यहाँ हामीले कर्मचारीलाई हाम्रो प्लेन छुट्नुको कारण र तत्काल टिकट किन्नका लागि हामीसँग पर्याप्त पैसा नभएको र बिमानको काठमाडौँ कार्यालय पैसा तिर्ने ब्यबस्था गर्दिने व्यवस्था गरिदिन आग्रह गर्दा पनि विमानका कर्मचारीबाट केही सुनुवाई भएन। अन्तर्राष्ट्रिय रोमिङ सिम र टर्किस कम्पनीको सीमकार्ड नभएका कारण बिमान स्थलको निशुल्क इन्टरनेटको पहुच हाम्रा लागि थिएन । त्यसपछि हामी केहि आक्रोसित र केहि निराश भएर इन्टरनेट प्रयोग गरि घरपरिवार र साथीभाईसँग सम्पर्क गर्ने उदेश्य सहित बिमानस्थलको प्रतिक्ष्या कक्षमा रहेको स्टार बक्स क्याफे तर्फ प्रवेश गर्न खोज्यौ, जहाँ कफी खरिद गरेर इन्टरनेट प्रयोग गर्ने ब्यबस्था थियो । स्टार बक्स क्याफे अन्तर्राष्ट्रिय सुरक्षा चेकजाँचको भित्र पट्टि रहेकोले हामी सुरक्षा चेक जाच काउन्टरतर्फ गयौं। तर, सुरक्षा जाँचमा रहेका त्यँहा कार्यरत कर्मचारीले हामीलाई गेटबाट प्रवेश गर्नका लागि बोर्डिङ पास, र भिसा चाहिने बताए । विमान कम्पनीको गुनाशो कक्षबाट समस्या समाधान हुने लक्ष्य सहित त्यहाँ पुगेका हामीहरुलाई अर्को समस्या पनि आइलाग्यो, हामीले करिब १५ मिनेटसम्म इमिग्रेशनको सुरक्षा चेकका खटिएका कर्मचारीहरुलाई त्यो काउन्टर सम्म आउन परेको समस्या बताएपछि पुनस् शरीर चेक जाँच गरि भित्र छिर्ने अनुमति दिए । स्वीजरल्याण्डबाट नेपालका लागि उडेका हामी इस्तानबुल विमानस्थलमा विमान छुटेपछि झन्डै शरणार्थी कै अवस्थामा पुगिसकेका रहेछौ । यो कुरा विमानस्थलको सुरक्षा चेक गर्ने कर्मचारीले प्रवेशका क्रममा रोक लगाएपछि अनुभूति भयो । हामीसँग टिकट नभएको र टर्किको भिसा पनि नभएकाले हामी शरणार्थी सरह भएका रहेछौं भनेर हामिले एक आपास केहिबेर भए पनि मजाक गर्यौं । सोहि बेला विमानस्थलको प्रस्थान कक्ष छिरिसकेपछि बल्लमात्र हामीले नेपालको समय चेक गरेउ । नेपालमा करिब विहानको २ बजेको थियो । एक दिन पछी मात्र उडान भएकाले नेपालमा बिहान कुराकानी गर्दा पनि खासै फरक नपर्ने महशुस गरेर स्टारबक्स क्याफे बाट घर अफ लाइन म्यासेज छाडेर आरामले बसिरहेका थियौ। सोहि क्रममा हाम्रो भेट भो हंगेरीमा भएको कार्यक्रममा सहभागि भएर नेपाल तर्फ फर्केका पोष्ट बहादुर केसीसँग । वँहापनि हंगेरीबाट आउने क्रममा प्लेनले ढिलाई गर्दा नेपाल आउनका लागि इस्तानबुल विमानस्थलमा प्लेन छुटिसकेपछि अर्को दिन दिल्ली भएर नेपाल पुग्ने गरी नयाँ बोर्डिंग पास लिएर बस्नु भएको रहेछ ।

तत्काल टिकट खरिद नर्गदा सम्म हामीसंग उडानका लागि बोर्डिंग पास थिएन । त्यसले गर्दा हाम्रो मनमा कहिकतै अस्थिरता पनि थियो तरपनि धैर्यता पुर्बक आराम गरौ भनेर आराम कक्ष तर्फ गयौ । जुलाई १५ को बिहान, नेपालको करिब १० बजे तिर, सोहि क्याफेमा गई हामीले स्विजरल्याण्ड जादाखेरि टिकट खरिद गरेको एजेन्सीका हरि पाण्डे दाईलाई सम्पर्क गर्यौ, सबै कुरा बेलिबिस्तार गरिसके पछी पनि वहाले हामीलाई काठमाडौँ ल्याउने जिम्मा बिमान कम्पनिको भएकोले अर्को टिकेट तत्काल खरिद गर्न नपर्ने भन्नुभो, अनि वहालाई नै काठमाडौँको नक्सालमा रहेको टर्किस बिमानको कार्यालय कुरा गरि तत्काल त्यो समस्या समाधान गर्न आग्रह गरेपछि निकै प्रयास गर्नु भो, केहि नलागे पछि करिब आधा घण्टा पछी अर्थात् १०।३० तिर इस्तानबुल देखि काठमाडौसंगको टिकटको कपि पठाई दिनु भो । सोहि टिकटका आधारमा विमानस्थल भित्र रहेको एयरलाइन्स कार्यालयमा सम्पर्क गरेर जुलाई १६ का लागि नँया बोर्डिंग पास लियौ ।  केहि समय अन्योलतामा बितिसकेकोले गर्दा होला, बोर्डिंग पास पाउदा पनि हामीमा एक किसीमको छुट्टै आनन्दको अनुभूति भइसकेको थियो । पोष्ट के।सी सरको उडान पनि १५ जुलाईको साझमा मात्र भएकोले दिउशोको बाँकी समय हामी तिन जना विभिन्न प्रसंगहरुमा रमाइलो गफ गर्दै समय बितायौं । सोहि क्रममा हामीले यात्रामा अलपत्र परेका बंगलादेश तान्जानिया, पाकिस्तानी र अमेरिकी नागरिकहरुसंग पनि भलाकुसारी गर्ने अवसर मिल्यो । उनीहरुमध्ये पनि कतिपय व्यक्तिहरु बिमानस्थल ठुलो भएको र छोटो समयमा गेट सम्म पुग्न नसक्दा उडान छुटेकोले सम्बन्धित देशसम्म यात्रा गर्नका लागि पुन टिकट खरिद गरेर उडानको प्रतिक्षामा रहेको अनुभूति हामीलाई सुनाएका थिए । करिब ४८ घण्टाको प्रतिक्षा निकै लामो अनुभूति गरिरहेका हामीहरु संग आएर एक जना बंगलादेशी नागरिकले आफ्नो यात्राका करिब ६० घण्टा रहेको पिडा सुनाउदा हामीमा समानुभूतिको भावनाहरु आउदथ्यो ।  यात्रामा रहेका अन्य यात्रुहरुसंगको भलाकुसारी, विमानस्थलमा रहेको स्टारबक्स क्याफेको कफि, बर्गर किंग, पेपे र सबारो रेष्टुरेन्टको स्वादिष्ट खाना, विमानस्थलका विभिन्न स्थानहरुमा राखिएका प्रतिक्षाकक्षमा आराम र फुर्सदको समयमा विमानस्थललाई सुक्ष्म ढंगबाट बुझ्नका लागि विभिन्न गेटहरु र ड्युटी फ्रि क्षेत्रमा रहेका पसलहरुको अबलोकन गर्दैगर्दा अर्को उडानको समय पनि सहजतापूर्वक नै आइसकेछ । त्यसपछि जुलाई १६ को २०। ३५ को उडान बाट नेपाल तर्फ फर्कियो ।

हाम्रो अनुभव र भोगाईलाई प्रस्तुत गर्नुको आशय बोर्डिंग पास हातमा बोकेर बसेका यात्रुलाई टर्किस एयरलाइन्सको जुरीकदेखि इस्तानबुल सम्मको प्लेन ढिलो उडेका कारण हामीले भोगेको समस्याका बारेमा अबगत गराउनु त हो नै, त्यसका साथै इस्तानबुल ट्रान्जिट बनाएर यात्रा गर्ने अन्य नेपाली यात्रुहरुले इस्तानबुलको टान्जिट कम्तिमा पनि २ घण्टा भन्दा बढीको हेरेर मात्र टिकट गर्नका लागि आग्रह गर्नु पनि हो ।  निकै ठूलो र सुविधा सम्पन्न एयरपोर्ट भएता पनि विमानस्थलमा पैसा नहुँदा पानि पिउनका लागि निशुल्क खानेपानी पिउने समेत ब्यबस्था नभएकोले यात्राको ट्रान्जिटमा पानी किन्नका लागि युरो वा डलरको उचित व्यवस्थापन गर्नका साथै एयरपोर्टमा उपलब्ध इन्टरनेट संचालनका लागि इन्टरनेशनल सीम वा आफ्नो मोबाइललाइ अन्तरास्ट्रीय रोमिन्गमा राख्दा सहजता हुने सन्र्दभलाई जोडन खोजेको मात्र हो ।
टर्किको ध्वाजा बाहक एयरलाइन्स कम्पनी हो टर्किस एयरलाइन्स । स्टार एलाइन्सको सदस्य रहेको एयरलाइन्सले युरोप, अफ्रिका, अमेरिका र एसियाका विभिन्न देशहरु गरि ३०५ गन्तव्यहरुमा उडान भर्दै आएको छ । करिब ४२ महिना लगाएर सकाएको पहिलो चरणको निमार्ण पछि राष्ट्रिय दिवसको अवसर पारेर सन २०१८ अक्टोबर २९ का दिन राष्ट्रपति इरडोगनद्धारा विमानस्थलको उदघाटन भएका थियो । तर नियमित उडान भने अप्रिल ६, २०१९ बाट मात्र सुचारु भएको हो । जुन करिब ४ महिना मात्र भएको छ ।  इस्तानबुल एयरपोर्टको चौथो चरण सम्मको निमार्ण सम्पन्न हुँदा यसको लागि करिब १२ बिलियन अमेरिकी डलर खर्च हुने र निमार्ण कार्य सम्पन्न हुनका लागि २०२५ सम्मको समयावधि लाग्ने अनुमान गरिएको छ । अहिले पनि यो विमानस्थल संसारका ठूला मध्ये एक एयरपोर्टका रुपमा परिचित छ । हाल यो विमान स्थलको बार्षिक यात्रु क्षमता ९० मिलियन छ भने विमानस्थलले पूर्णता पाएपछि यसको क्षमता २०० मिलियन यात्रु प्रति बर्ष हुने अनुमान गरिएको छ । तर पनि प्रतेक दिन उडान छुटेर अलपत्र परेका यात्रुहरुको संख्या भने निकै छ ।Source :  Breaknlinks

फेसबुकबाट तपाईको प्रतिक्रिया