मदन भण्डारीका नाममा विश्वविद्यालय खोल्दै सरकार

प्रकाशित मिति:

काठमाडौं– नेपालका कम्युनिस्टका आदर्श नेता मदन भण्डारीको नामबाट विश्वविद्यालय खोल्ने तयारी सरकारले गरेको छ । दुई तिहाइको कम्युनिस्ट सरकार भएको समयमा उनका नाममा विश्वविद्यालय खोल्न लागेको हो।

मकवानपुरमा खोल्न लागिएको विश्वविद्यालयका लागि व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा दर्ता भएको छ । ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय जरुरी रहेको बताएको छ।

नाममा विज्ञान तथा प्रविधि भनिए पनि पढाइ भने मानविकी, समाजशास्त्र, कानून जस्ता विभिन्न विषयमा हुनेछ । स्थापनाको उद्देश्यमा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, मानविकी तथा सामाज शास्त्र, व्यिस्थापन, कानून र न्याय लगायतका विषय र क्षेरमा मलुकुभर विश्वस्तरीय जनशक्ति उत्पादन तथा नयाँ ज्ञान र प्रविधिको विकासमा थप योगदान पुर्‍याउन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिएको छ ।

विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिका चितलाङमा रहने भएपनि केन्द्रीय कार्यालय भने काठमाडौं उपत्यकामा रहनेछ। विश्वविद्यालयको संरक्षक समितिमा नेकपा मातहतमा रहेको मदन भण्डारी फाउण्डेसनका अध्यक्ष र उनले तोकेका दुईजना सदस्य हुने प्रावधान समेत विधेयकमा गरिएको छ। –nepallive