युट्युबको वार्षिक कमाइ २८ खर्ब

प्रकाशित मिति:

एजेन्सी – विश्वका ख्यातीप्राप्त संगीतकारदेखि सिनेमा निर्मातासम्म ठोक्किन पुग्ने युट्युबको कमाइ कति होला? यो विश्वकै लागि चासोको विषय हो। एउटा अनुमानअनुसार युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ (२५ अर्ब डलर) सम्म कमाउँछ। वालस्ट्रिट विश्लेषकहरु समेत युट्युबले द ग्याप, जनरल मिल्स वा नेटफ्लिक्सलेभन्दा धेरै कमाउने विश्वास गर्छन्। यसले भिडियो सेवा प्रदायकमध्ये ‘फच्र्युन ५००’मा पर्ने आधा कम्पनीलाई पछि पारेको छ। यद्यपि वित्तीय तथ्यांकहरु अझैसम्म गोप्य छन्। युट्युबका हिसाब किताबका सबै विषयहरु गुगलसँग गएर जोडिन्छन्। गुगलले युट्युबको छुट्टै आम्दानी तथ्यांक सार्वजनिक गर्दैन। गुगल विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन बादशाह हो। यसले गत वर्ष १ खर्ब ३७ अर्ब डलर आम्दानी गरेको थियो। यो कमाइमा युट्युबको समेत योगदान छ। युट्युबको गोप्यता कतिपय लगानीकर्ता र विश्लेषककै लागि पनि चिन्ताको विषय बन्दै आएको छ। तीन महिनाअघि अल्फाबेटका कार्यकारीहरुले पहिलो तीन महिनाको युट्युबको वित्तीय अवस्थादेखि चिन्ता प्रकट गरेका थिए।

पछिल्लो समय ठूला प्रविधि कम्पनीहरु नियामक निकायहरुबाट दवाबमा छन्। अमेरिकी सांसदहरुले उनीहरुको व्यवसाय कसरी सञ्चालन हुने गर्छ पूर्ण विवरण दिन माग गरिरहेका छन्। युट्युबबारे केही सांसदहरुले आवाज उठाएका छन्। उसले कसरी आम्दानी गर्छ व्यवसायिक प्रवृत्ति खुलाउन आवाज उठिरहेको छ युट्युबको तथ्यांक गोप्य रहेको सन्दर्भमा यहाँ एप्पलको एउटा निर्णय जोड्नु सान्दर्भिक हुनेछ। गत नोभेम्बरमा एप्पलले आइफोन बिक्रीको संख्या सार्वजनिक नगर्ने निर्णय गर्यो। यसअघि एक दशकको तथ्यांक विवरण बुझाउँदै आएको कम्पनीले यस्तो घोषणा गरेको थियो। अहिले आइफोनको बिक्री सुस्त छ। अल्फाबेटले आफ्नो वित्तीय अवस्थाबारे तथ्यांक सार्वजनिक गर्दा युट्युबलाई गुगल सर्च, गुगल प्ले स्टोर, जीमेलसँग जोड्ने गर्छ। सबैलाई गुगलकै छातामुनि राख्दा युट्युबको आम्दानी छुट्याउन कठिन भइरहेको हो। ‘गुगलको सर्चबाट हुने आम्दानी नै ठूलो व्यवसाय हो। युट्युबले आफ्नो आम्दानी, नाफा, भिडियोसँगै आउने विज्ञापनहरु, यसका प्रयोगकर्ताको विवरण केही पनि खुलाउने गरेको छैन’, वेडबस सेक्युरिटीका विश्लेषक माइकल पाच्टर भन्छन्। यसले गर्दा पनि युट्युबको व्यवसाय बुझ्न सहज छैन।

युट्युबको व्यवसायबारे धेरै खोतल्ने हो भने यसले फेसबुकसँग विशेषगरी लोकप्रियतालाई लिएर तुलना गर्न सकिन्छ। तर यो पनि एउटा टाढाको विधि मात्रै हो। अप्रिलमा पछिल्लोपटक अल्फाबेटले युट्युबको तीन महिने आम्दानी खुलाउँदा लगानीकर्तालाई कम्पनीको आम्दानी १ अर्ब डलरभन्दा तल रहेको बताएको थियो। यो भनेको वाल स्ट्रिटको अनुमानभन्दा कम हो। गुगलका कार्यकारी अधिृकत सुन्दर पिचाइ गुगलका फिचरहरु र नीतिगत परिवर्तनबारे निर्णय भइसकेको बताउँछन्। सुपरबल कमर्सियलको भिवरसीप युट्युबमा मात्रै ६० प्रतिशत माथि रहेको उनको दाबी छ। अमेरिकी कम्पनीहरुलाई ‘मटेरियल’ प्रकृतिका सूचनाबारे पर्याप्त स्वतन्त्रता छ। यही व्यवस्थाको उपयोग गर्दै एप्पलले आइफोनको बिक्री संख्या सार्वजनिक नगर्ने निर्णय गरेको हो। युट्युबले समेत यही नियमको आड लिइरहेको छ।

सन् १९७६ मा सर्वोच्च अदालतले टीएससी इन्डष्ट्रिज भर्सेस नर्थवेको मुद्दामा ‘मटेरियल’लाई लगानीकर्ताको लागि महत्वपूर्ण सूचनाको रुपमा परिभाषित गरेको छ। यसले कम्पनीहरुलाई आफ्नो निर्णय आफैँ लिने स्वतन्त्रता दिन्छ। यो स्वतन्त्रता भए पनि सेयर कारोबारका लागि ठूला प्रविधि कम्पनीहरुको भित्री तथ्यांक वाल स्ट्रिटसँग भने हुनसक्छ। लगानीकर्ताहरु सामान्यतः गुगलको आम्दानीमा युट्युबले २० प्रतिशत योगदान गरेको हुनसक्ने बताउँछन्। यद्यपि युट्युबको नाफालाई लिएर धेरै प्रश्नहरु छन्। यसका बाबजुद सामान्य दृष्टिमा भने युट्युब बलियो नाफामै देखिन्छ। (न्युयोर्क टाइम्सबाट अनुवाद)