नेदरल्याण्डमा कैदी नभएर कारागार बन्द हुने अवस्थामा

प्रकाशित मिति:

विश्वका अधिकांश मुलुकमा रहेका कारगारमा कैदीरबन्दी खचाखच भरिएका हुन्छन् । कतै त कारागार नभएर कोचेर कैदीलाई राख्नुपर्ने अवस्था छ । तर, विश्वमा यस्तो मुलुक छ जहाँ कारागारमा कैदी नभएर कारागार बन्द हुने स्थितिमा आइपुगेको छ । पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापले त्यहाँ रहेका कारगार बन्द हुने अवस्थामा पुगेका छन् ।

नेदरल्याण्डको एक करोड ७१ लाख ३२ हजार जनसंख्यामा कारागारमा राख्ने अपराधी नै छैनन् । सन् २०१३ मा त्यहाँ १९ कैदीमात्र थिए । यद्यपी, जेल बन्द हुनुको मुख्य कारण भनेको नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ । कुनै समय नेदरल्याण्ड आफ्नो सुविधा र व्यवस्था चलाउनका लागि नर्वेबाट कैदी समेत मगाएका थियो । नेदरल्याण्डमा कैदीका लागि इलेक्ट्रोनिक एंकल मोनिटरिङ सिस्टम छ । यो सिस्टममा उनीहरुको खुट्टामा एउटा यस्तो डिभाइस लगाइन्थ्यो जसमार्फत् उनीहरुको लोकेशन ट्रेस गर्न सकिन्थ्यो । यो डिभाइसले एउटा रेडियो फ्रिक्वेन्सी सिग्नल पठाउँछ जसमा अपराधीको स्थान पत्ता लाग्थ्यो ।एजेन्सी