मकवानपुरका शैक्षिक क्षेत्रमा बन्द￷हडताल नहुने

प्रकाशित मिति:

हेटौंडा – ￷मकवानपुरका विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रमा अनुकरणीय निर्णय गरेका छन् । संघसंगठनका नेताहरुले अब मकवानपुरको शैक्षिक क्षेत्र शान्त रहने दाबी गरेका हुन् । शिक्षालय शान्तिक्षेत्र हुन् । शान्त वातावरणमा पढ्न पाउनु विद्यार्थीको अधिकार होᅳ भन्ने भनाइ बारम्बार आए पनि मकवानपुरमा त्यस्तो हुन सकेको थिएन । मकवानपुरका प्रमुख राजनीतिक दलका विद्यार्थी संघसंगठनले यस्तो उत्कृष्ट कदम चालेका हुन् । हेटौंडा(२ मा स्थापित मकवानपुरको लोकप्रिय, सबभन्दा धेरै विद्यार्थी रहेको र पुरानो सामुदायिक शैक्षिक संस्था मकवानपुर बहुमुखी क्याम्पसमा भर्ना आह्वान गर्दै उनीहरु¥ारा मंगलबार संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ(अब मकवानपुरमा विद्यार्थी संघसंगठनले कुनै पनि बन्द￷हडताल गर्नेछैनौं ।

अनेरास्ववियु सयोजक किसन घिसिᆰ, नेवि संघ सभापति राजु खतिवडा, अनेरास्ववियु क्रान्तिकारी सयोजक दिनेश सुबेदी र राप्र विद्यार्थी संगठन अध्यक्ष प्रकाश चौलागाईंले विज्ञप्ति जारी गर्नुभएको हो । विद्यालय, क्याम्पस वा कलेज भनेको केही सिक्ने र सिकाउने ठाउँ हो । जहाँ गुरु र विद्यार्थीबीच सिक्ने र सिकाउने कार्य हुन्छ । तर, हाम्रा शिक्षालयहरु गलत अभ्यासको थलो बनिरहेको देख्दा चित्त दुख्दो रहेछ,ᅳ राप्रवि संगठन अध्यक्ष चौलागाईंले भन्नुभयो(शिक्षालयमा हुँदै आएका आगजनी, आन्दोलन र हडलातहरुले शिक्षा हासिल गर्न आएका विद्यार्थीको मनमा डर पैदा गराउँछ ।

राजनीतिक कारण गडा हुनेतर्फ इंगित गर्दै उहाँले थप्नुभयो(यस्ता घटना प्रायः भइरहेकै हुन्छन् । विहान पढ्न गएका छोराछोरी अस्पतालको बेडमा छन् भन्ने सुन्दा अभिभावकको मनमा शिक्षालयप्रतिको विश्वास पक्कै घट्छ । के क्याम्पस राजनीति गर्ने अखडा हो ? पढ्न आउने विद्यार्थीले पढ्न नपाउने हो त ? होइन भने कति दिनसम्म चल्छ यस्तो ?,ᅳ उहाँले थप प्रश्न गर्नुभयो(के शिक्षालयमा राजनीति गर्नैपर्छ ? अनि, सानो निहुँमा पनि काटाकाट गर्नैपर्छ ? यदि होइन भने किन हुन्छन् त यस्ता घटना ? अब विद्यार्थी संगठनहरु सचेत भएकोले शिक्षालयलाई साँच्चै शान्तिक्षेत्र बनाउने उद्घोष गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

थप समाचार