पूर्व सभाषद भृकुटीसहित विप्लवको युवा संगठनका अध्यक्ष पक्राउ

प्रकाशित मिति:

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटीहित युवा संगठनका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवस’लाई पक्राउ गरेको छ। नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी भृकुटीलाई बुढानिलकण्ठबाट पक्राउ गरेको अनेमसंघ क्रान्तिकारीले जनाईएको छ । भृकुटी पक्राउको कारणबारे प्रहरीले केही बताएको छैन । युवा संगठनका राईसँगै पूर्व विद्यार्थी नेता सफल अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसअघि साउन ४ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा गिरफ्तारीको बिरोधमा भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आह्वान गरेको छ । सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फ़साउदै जेलमा कोच्ने र मुठभेड को नाममा हत्या गर्ने गरेकोले नेकपा आक्रोशित भएको हो ।