‘राते काइँला’ को ‘रे’ ट्रेलर रिलिज

१५ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ –यही साउन २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन मिश्रित ट्रेलरमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा डनको भूमिकामा प्रस्तुत छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्दै उनले ट्रेलरमा संवाद बोलेका छन् ।

फिल्मका प्रमुख अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाको प्रेममा सुनिल थापा बाधक बनेका छन् । ट्रेलरले फिल्म एक्सन प्रधान रहेको प्रस्ट्याउँछ । अभिनेता दिवसलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ । यो फिल्मका निर्देशक दिनेश पौडेल हुन् । एक्सनसँगै सामाजिक प्रेमकथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ । फिल्मलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ  फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ । यसमा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य रहेको छ । उक्त चलचित्रको ट्रेलर हेर्नुहोस 

फेसबुकबाट तपाईको प्रतिक्रिया