दुखद खबर,१२ वर्षीया बालिकाद्वारा झुण्डिएर आत्महत्या

१५ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
18 Shares


गोरखा-गोरखाको शहीद लखन गाउँपालिका ७ मकैपुरमा १२ वर्षीया बालिका प्रशान्ता श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेकी छन् ।परिवारका अनुसार प्रशान्ता बुधबार विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।बिहान करिव ७ बजे डोरी बोकेर लगेको बहिनीले देखेकी रहिछ, किन लगेको भन्दा पिङ खेल्न भनेर कोठाभित्र ढोका लगाएर प्रशान्ता बसिछिन्,’ वडानम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले भने, ‘पछि बहिनीले झ्यालबाट हेर्दा दिदी झुण्डिएको देखेपछि आमालाई खबर गरिछिन् ।’ थाहा पाएपछि परिवारले कोठा खोलेर डोरी काटेका थिए । तर, त्यस बेलासम्म प्रशान्ताको मृत्यु भइसकेको थियो ।

घटनामा प्लाष्टिक बोराको बाटेको डोरी प्रयोग भएको बताइएको छ । आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीले बताए । ‘यही कारण हो भन्ने चाही थाहा भएको छैन, तर आमाले गाली गरेर हो की भन्ने छ, थप अनुसन्धान हुँदै छ ,’ उनले भने ।जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएका छन् । मृतक श्रेष्ठको शवलाई आमाले काखमा लिएर बसेको र अरुकसैलाई छुन नदिएको स्थानीयले बताएका छन् ।श्रेष्ठ गाउँकै न्यू होराइजन बोर्डिङमा कक्षा ५ मा अध्ययनरत थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया