कांग्रेस र राजपाको नाराबाजी, बिहीबारसम्मलाई संसद् बैठक स्थगित

प्रकाशित मिति:

काठमाडौं – आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले नाराबाजीसहित अवरोध गरेपछि बुधबारसम्मलाई स्थगित भएको छ। सर्लाहीमा मारिएका नेकपा विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘हत्या’ छानबिन गर्न माग गर्दै दुई दलका सांसदहरूले बैठक सुरू हुनासाथ नाराबाजी गरेका थिए ।

सभामुख महराले पटक पटक आसन ग्रहण गर्न अनुरोध गर्दा पनि दुवै पार्टीका सांसदहरुले लगातार ५४ मिनेटसम्म अवरोध जारी राखेका थिए । यसअघि सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि दुई दलका सांसदहरूले नाराबाजी गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको थियो ।